बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

पाँचखालमा सघन सहरी विकास कार्यक्रम लागू

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज ६ २०७९
images
images
पाँचखालमा सघन सहरी विकास कार्यक्रम लागू

कार्यक्रमअन्तर्गत मन्त्रालयले देशका ४४ नगरलाई छनोट गरेकामध्ये पाँचखाल नगर पनि परेको हो। कार्यक्रम लागू गर्न सहरी विकास तथा पूर्वाधार निर्माण कार्यालयले टेण्डर आह्वान गरिसकेको छ। 

images
images

काभ्रेपलाञ्चोक- पाँचखाल नगरपालिकामा सघन सहरी विकास कार्यक्रम लागू गरिएको छ। यसका लागि सहरी विकास मन्त्रालयद्वारा प्रशासनिक प्रक्रिया अघि बढाइएको हो। 

images
images

सरकारले ग्रीन स्मार्ट-सिटी निर्माणार्थ गत वर्ष फागुनमा मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गतको उक्त कार्यक्रम लागू गर्न ५० करोड बजेट विनियोजन गरेको थियो। सोही कार्यक्रमअन्तर्गत मन्त्रालयले देशका ४४ नगरलाई छनोट गरेकामध्ये पाँचखाल नगर पनि परेको हो। कार्यक्रम लागू गर्न सहरी विकास तथा पूर्वाधार निर्माण कार्यालयले टेण्डर आह्वान गरिसकेको छ। 

images
images

पाँचखाललाई प्राप्त बजेटमध्ये ५० प्रतिशत सडकमा, ३० प्रतिशत आयआर्जन, १५ प्रतिशत सामुदायिक पूर्वाधार तथा पाँच प्रतिशत शासकीय पूर्वाधार निर्माणमा खर्च गर्नुपर्नेछ। कार्यक्रमअन्तर्गत बसपार्क निर्माण, मिनी-मार्केट, हाट बजार तथा नगरका सडक तथा नाली थप व्यवस्थित गराइने छ। नगरपालिकाले यसमा समन्वयात्मक भूमिका र सहजीकरण गर्नेछ। 

images
images
images

कार्यक्रमले नगरको ‘ग्रीन स्मार्ट-सिटी’को योजनालाई थप मद्दत गर्ने नगरप्रमुख महेश खरेलले बताए। उनले भने, 'चालु आवमा ग्रीन स्मार्ट सिटीको डिपीआर सकेर निर्माण थाल्ने योजनामा छ।' यसअघिनै नगरले नेपालमै पहिलो ग्रीन स्मार्ट-सिटी निर्माणका लागि आर्थिक वर्ष २०७९/८० मा विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरी निर्माणकार्य थालनी गर्ने योजना बनाएको थियो। यसका लागि नगरले विदेशी कम्पनीसँग सम्झौता गरी प्रक्रिया थालिसकेको छ। 

गत वर्षको फागुन पहिलो साता पाँचखाल नगरमा विकास गरिने ग्रीन स्मार्ट सिटीका लागि सिङ्गापुरको सुरबाना जुरोङ (एसजे) समूहको सदस्य एसएमइसी इनटरनेशनल प्रालि (एसएमइसी)बीच निर्माणको सम्झौता गरिसकिएको छ। समझदारीपत्रमा सिङ्गापुरको ग्लोबल सहरी पूर्वाधार परामर्श फर्मसमेत रहेको एसजेको सदस्य एसएमइसीले प्रस्तावित काभ्रेपलाञ्चोकको पाँचखालमा स्मार्ट सिटी निर्माण गर्न आवश्यक प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तर्राष्ट्रियस्तरमा सफल अभ्यास अध्ययन-विश्लेषणसम्बन्धी कार्य गर्ने जनाइएको छ। यसका लागि पाँचखाल नगरले स्थानीयसँग जग्गा प्राप्तिका लागि आवश्यक सहजीकरण गर्नेछ। 

सम्झौताअनुसार काठमाडौँस्थित इन्फ्राक्स्चर बैंक लिमिटेड (निफ्रा)ले स्मार्ट सिटीको ‘बजार अध्ययन’का लागि अमेरिकन परामर्शदाता कम्पनी जोन्स लाङ लासेल प्रोपर्टी कन्सल्टेन्टस् प्रालिसँग गत वर्ष सम्झौता भएको छ। निफ्राले जेएलएलको प्रतिवेदनपछि स्मार्ट सिटीको थप विस्तृत अध्ययनको काम अघि बढाइने जनाएको छ। 
 
करिब पाँच हजार पाँच सय रोपनी क्षेत्रफल ओगट्ने स्मार्ट सिटीका लागि निफ्राले पाँचखाल नगरसँग एक वर्षअघि सार्वजनिक-निजी साझेदारीमा (सबल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ। उक्त सम्झौतामा व्यवस्थित गर्नुपर्ने पूर्वाधारलगायत निजी-साझेदारी माध्यमबाट नगरलाई स्मार्ट बनाउने विषयमा सातबुँदा उल्लेख गरिएको हो। उक्त क्षेत्रफलमा निर्माण गरिने स्मार्ट सिटीका लागि पर्वाधार निर्माणार्थ करिव रु दुई अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। 
 
कूल क्षेत्रफलमध्ये छ सय ५० रोपनी जमिन नगरले आफ्नो स्वामित्वबाट उपलब्ध गराउनेछ । ‘ल्याण्ड पुलिङ मोडल’मा विकसित हुने स्मार्ट सिटीका लागि नगरले प्रशासनिक र जमिन व्यवस्थापनको काम सघाउने तथा पूर्वाधार निर्माणको खर्च निफ्रा र उसका साझेदार संस्थाले गर्ने नगरप्रमुख खरेलले बताए। उनका अनुसार निफ्राले पाँचखाल स्मार्ट सिटीका लागि विदेशी तथा स्वदेशी निर्माण कम्पनीसँग साझेदारी गर्दै प्रक्रियालाई निरन्तरता दिइरहेको छ। 
 
‘पाँचखाल नगर, कृषि सहर’ नारालाई सार्धक बनाउन नगरले यसअघिनै पाँचखालको खेतीयोग्य जमिनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाउँदै आएको छ। खेतीयोग्य जमिन जोगाएर मानव बस्ती तथा औद्योगिक ग्राम स्थापना गर्ने नगरको योजना छ। रासस


प्रकाशित : बिहीबार , असोज ६ २०७९०५:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend