मंगलबार, असोज १ गते २०८१    
images
images

अवैध रुपमा ल्याउँदै गरेको सुनसहित तीनजना पक्राउ

images
बिहीबार , असोज ६ २०७९
images
images
अवैध रुपमा ल्याउँदै गरेको सुनसहित तीनजना पक्राउ

दुबईदेखि काठमाडौं आएका उनीहरुलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा अवैध सुनसहित पक्राउ गरेको हो।

images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा ल्याउँदै गरेको सुनसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।

images
images
images

विमानस्थलका अनुसार पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा नगरपालिका-९ घर भएका २४ वर्षीय हिमाल पौडेल, सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१ घर भएका १९ वर्षीय कवीन्द्र विश्वकर्मा र कालीकोट पलाता गाउँपालिका-७ घर भएका २५ वर्षीय जीवराज बम रहेका छन्।

हिमालय एयरलाइन्सको उडानबाट बुधबार दिउँसो दुबईदेखि काठमाडौं आएका उनीहरुलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा अवैध सुनसहित पक्राउ गरेको हो।

पक्राउ परेकाहरुबाट भन्सार छली ल्याएको एक/एक थान सुनको सिक्री र एक/एक थान औँठी गरी करिब एक सय ग्राम सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी मधुकुमार पौडेलले जानकारी दिएका छन्। 

images


प्रकाशित : बिहीबार , असोज ६ २०७९०३:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend