बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

ब्याजदर बढाउँदा अर्थतन्त्र झनै संकुचनमा जाने महासंघको ठहर, तत्काल सच्याउन माग

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ५ २०७९
images
images
ब्याजदर बढाउँदा अर्थतन्त्र झनै संकुचनमा जाने महासंघको ठहर, तत्काल सच्याउन माग

बढदो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको छ, भने उत्पादित सामानको मूल्य अकासिएर आम सर्वसाधारणको जिविका पनि कष्टकर हुँदै गएको छ।

images
images

काठमाडौं- बैंक वित्तीय संस्थाहरूद्वारा असोज १ देखि लागु हुने गरि ब्याजदरमा भएको वृद्धि प्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

images
images

यसले कर्जाको ब्याजदर अकासिने हुँदा कोभिड महामारी र त्यसपछि वाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत हुनेतर्फ महासंघ सरकार, केन्द्रीय बैंक र बैंक वित्तीय संस्थाहरूको ध्यानाकर्षण गराएको समेत विज्ञाप्ती मार्फत जनाएका छन्। 

images
images

बढदो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको छ, भने उत्पादित सामानको मूल्य अकासिएर आम सर्वसाधारणको जिविका पनि कष्टकर हुँदै गएको छ। आठ प्रतिशतभन्दा माथि पुगिसकेको मुद्रास्फिति दरलाई बैंक वित्तीय संस्थाहरूको यस निर्णयले थप माथि लग्नेछ। अर्थतन्त्र सुंकचित हुँदै जाँदा सरकारको राजस्व संकलनसमेत करिब २० प्रतिशतले न्यून हुन गएको छ।

images
images
images

संकटको बेलामा जोखिम बाडेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने अहिलेको अवस्था हुनुपर्ने समेत महासंघकाे ठहर छ। विशेषगरि कोभिडका कारण पहिलो बन्दाबन्दीको अवस्थामा बैकिङ क्षेत्रबाट प्राप्त सहयोगको महासंघ प्रशंसा गरेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ।

तर पछिल्लो निर्णयले ब्याज दरमा अस्थिरता हुँदा संचालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नयाँ लगानी निरूत्साहित हुनेसमेत महांघले ठहर गरेको छ। यसैपनि अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्रमा ऋणको ब्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउन सक्ने आंकलन गर्न सकिन्छ। 

त्यसैले अर्थतन्त्रमा नकारात्मक असर मात्र पर्ने ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न महासंघ सम्पूर्ण सबै सरोकारवाला समक्ष माग गर्दछ। 


प्रकाशित : बुधबार, असोज ५ २०७९१२:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend