बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

घुमफिरका लागि नेपालीको आकर्षक गन्तव्य थाइल्यान्ड तर भिसामा पाउनै सास्ती

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ५ २०७९
images
images
घुमफिरका लागि नेपालीको आकर्षक गन्तव्य थाइल्यान्ड तर भिसामा पाउनै सास्ती

भिसा आवेदन दिएको तीन हप्तापछि मात्र पाइने अवस्था भएको भन्दै उनीहरूले गुनासो गरेका छन्। कतिपयले छिटै भिसा पाइने आसमा टिकेट लिए पनि नपाउँदा टिकट रद्ध गरिरहेका छन्। 

images
images

काठमाडौं- थाइल्यान्डले कोरोना प्रोटोकलमा सहजता गरेदेखि नेपालीहरूको पनि आकर्षण बढिरहेको छ। 

images
images

नेपालका ट्राभल एजेन्सीहरूका अनुसार थाइल्यान्ड जाने नेपालीहरूको आकर्षण बढिरहेको छ। सस्तो र सजिलो भएकाले सदाझै विदेश घुमफिरको आकर्षक गन्तव्यको रुपमा थाइल्यान्ड रहेको छ। 

images
images

चाडपर्वको समयमा विदेश घुम्ने र त्यसमा थाइल्यान्ड जान खोज्ने नेपालीहरुको आकर्षण बढेसँगै नेपालस्थित थाइ दूतावासमा भिसाका लागि जाने नेपालीको चाप पनि बढेको छ। 

images
images
images

भिसाका लागि दूतावास जाने सेवाग्राहीको संख्या ब‍ढेपनि सोही अनुसार क्षमता नबढेकाले भिसा पाउनै सास्ती भएको यात्रुहरूले गुनासो गरेका छन्। 

भिसा आवेदन दिएको तीन हप्तापछि मात्र पाइने अवस्था भएको भन्दै उनीहरूले गुनासो गरेका छन्। कतिपयले छिटै भिसा पाइने आसमा टिकेट लिए पनि नपाउँदा टिकट रद्ध गरिरहेका छन्। 

'भिसा पाउनै गाह्रो छ। मैले नै कम्तिमा २ हप्तामा भिसा पाइन्छ होला भन्ने ठानेर टिकट लिइहाले। तर नपाएपछि रद्ध गर्नुपर्‍यो। फेरि आवेदन दिएको छु' एक सेवाग्राहीले भने। 


प्रकाशित : बुधबार, असोज ५ २०७९०७:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend