बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

टाटाका विद्युतीय कार खरिद गर्नेलाई एनएमबी बैंकले २४ घण्टामै ऋण दिने 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ५ २०७९
images
images
टाटाका विद्युतीय कार खरिद गर्नेलाई एनएमबी बैंकले २४ घण्टामै ऋण दिने 

यो योजनाले विद्युतीय गाडी चढ्ने ग्राहकलाई सहज मात्र नभएर दीगो वातावरणमा समेत योगदान पुग्ने बैंकको विश्वास छ। 

images
images

काठमाडौं- एनएमबी बैंकले टाटाका विद्युतीय कार खरिद गर्नेहरूलाई आवेदन दिएको २४ घण्टा भित्रै ऋण स्वीकृत गर्ने भएको छ। 

images
images

ऋणका लागि आवश्यक कागजात पुगेको अवस्थामा आवेदन दिएको २४ घण्टामै ऋण स्वीकृत गर्ने बैंकले जानकारी दिएको छ। द्रुत र सहज ऋण दिने सम्बन्धमा टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङसँग सम्झौता गरेको छ। 

images
images

बैंकले मूल्यको ८० प्रतिशतसम्म ऋण सुविधा दिन्छ। यसको अर्थ ४० लाख रुपैयाँको कार खरिद गर्नका लागि ८ लाख रुपैयाँमात्र डाउनपेमेन्ट बुझाउनुपर्छ। बाँकी ३२ लाख ऋण सुविधा बैंकले दिन्छ। 

images
images
images

यो योजनाले विद्युतीय गाडी चढ्ने ग्राहकलाई सहज मात्र नभएर दीगो वातावरणमा समेत योगदान पुग्ने बैंकको विश्वास छ। 

टाटा मोटर्सले नेपालमा नेक्सन ईभी र टिगोर ईभी उपलब्ध गराउँदै आएको छ। नेक्सन ईभी नेपालमा सर्वाधिक रुचाइएको कारमा पर्छ।


प्रकाशित : बुधबार, असोज ५ २०७९११:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend