मंगलबार, वैशाख ११ गते २०८१    
images
images

निगम अध्यक्ष अधिकारीको लापरबाही : जहाजको एउटा इन्जिन मर्मतमै ९ महिना

इन्जिन बिग्रिएको २६९ दिनपछि मर्मत, इन्जिन लिन निगमको जहाज आज इजरायल जाँदै

images
images
images
निगम अध्यक्ष अधिकारीको लापरबाही : जहाजको एउटा इन्जिन मर्मतमै ९ महिना
images
images

काठमाडौं- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापनभित्र कति लापरबाही हुन्छ भन्ने प्रमाणका लागि जहाजको एउटा इन्जिन मर्मतको विषयलाई हेर्दा पुग्छ। नेपाल एयरलाइन्ससँग जगेडा इन्जिन छैन। जगेडा नभएपछि बिग्रिएको इन्जिन मर्मतमा पठाउन र जहाज उडानका लागि निगमले इन्जिन भाडामा लिने गर्दै आएको छ।

images
images
images

नेपाल एयरलाइन्सको एयर बस ३२० नाइन एन एकेडब्लु (सगरमाथा)को बायाँ इन्जिनमा २०२१ डिसेम्बर २८ मा कतारमा अवतरणपछि पार्किङ वेमा लैजाँदै गर्दा समस्या देखिएको थियो। समस्या देखिएको इन्जिन मर्मत नगरी उडान गर्न नमिल्ने भएको थियो।

images

इन्जिन बिग्रिएपछि जहाज ७० दिनसम्म कतारमै ग्राउन्डेड भयो। ७० दिनपछि निगम व्यवस्थापनले इन्जिन भाडामा लिएर जहाज नेपाल ल्यायो। निगमले दैनिक दुई हजार, प्रति उडान २ सय ९२ डलर र प्रति साइकल (एक उडान/एक अवतरण)को २ सय ३९ डलरमा इन्जिन भाडामा लिने निर्णय गर्दै मार्च ६ मा जहाज नेपाल ल्याएको थियो।

images

कतारमा ७० दिन थन्किएको निगमको न्यारोबडी १२ दिनदेखि पुन: काठमाडौंमा ग्राउन्डेड, दैनिक १ करोड ११ लाख गुमाउँदै कतारमा ७० दिन थन्किएको निगमको न्यारोबडी १२ दिनदेखि पुन: काठमाडौंमा ग्राउन्डेड, दैनिक १ करोड ११ लाख गुमाउँदै

images
images

त्यसपछि मात्रै निगमले बिग्रिएको इन्जिन मर्मतका लागि इजरायल पठायो। निगम व्यवस्थापनकै लापरबाहीका कारण उक्त इन्जिन मर्मतको जिम्मा पाएको कम्पनीले समयमै इन्जिन मर्मत गरेर निगमलाई बुझाउन सकेन। झन्डै ७ महिनापछि मात्रै मर्मतका लागि इजरायल पुगेको इन्जिन लिन नेपाल एयरलाइन्सको जहाज इजरायल जाने भएको छ। मर्मत भएको इन्जिन राख्ने निगमको एयरबस ३२० आज असोज ५ गते बुधबार इजरायल जाँदै छ।

तर मर्मत गर्नुपर्ने इन्जिन लिन जान लागेको जहाजको नै दायाँ इन्जिनमा समस्या छ। दायाँ इन्जिनको पनि दुई साइकल (चार उडान–अवतरण) भन्दा बढी उडान गर्न मिल्दैन। अहिले दायाँ इन्जिनमा समस्या आएको पनि दुई महिना हुन लागिसकेको छ। दायाँ इन्जिनमा समस्या देखिएर जहाज साउन १४ गतेदेखि ग्राउन्डेड छ।

साउन १४ गते इन्जिनमा समस्या देखिए पनि इन्जिन मर्मतका लागि निगमले ३७ दिनपछि मात्रै टेन्डर गरेको थियो। इन्जिन मर्मतको लागि अहिलेसम्म पनि थप कुनै निर्णय भएको छैन। तर ग्राउन्डेड भएर बसेको जहाजमा भाडामा प्रयोग गरिएको बायाँ इन्जिनका लागि पनि निगमले दैनिक दुई हजार डलर खर्च गरिरहेको छ। ९० दिनका लागि इन्जिन भाडामा लिएपनि अहिले समय थप गरेर राखिएको छ।

निगमले अहिले इजरायलमा गएर मर्मत भएको बायाँ इन्जिन जहाजमा राख्ने र अहिले भाडामा लिएको इन्जिनलाई बिग्रिएको दायाँ इन्जिनको ठाउँमा प्रयोग गरेर उडान गर्ने तयारी गरेको छ। दायाँ इन्जिन बिग्रिएपछि तत्काल जहाज उडानका लागि इन्जिन भाडामा लिन सक्ने भएपनि निगम व्यवस्थापनले जहाज नै ग्राउन्डेड गरेर राखेको छ।

यसले निगम व्यवस्थापनभित्र चरम लापरबाही भएको देखाएको छ। जसका कारण निमगले आफ्नो उडान क्षमता घटाएको छ। दैनिक १ करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाएको छ। आम्दानी गुमाउने मात्रै नभएर ग्राउन्डेड भएर बसेको जहाजमा प्रयोग भएको इन्जिनको भाडामा मात्रै दैनिक दुई हजार डलर खर्चिएको छ।

२६९ दिनमा १४५ दिन मात्रै उडान

डिसेम्बर २७ मा कतारमा ग्राउन्डेड भएको जहाज मार्च ६ मा ७० दिनपछि मात्रै उडानमा आएको थियो। यसरी उडानमा आएको जहाज फेरि साउन १४ अर्थात जुलाई ३० बाट ग्राउन्डेड भएको छ। ग्राउन्डेड जहाज आज बुधबार मात्रै मर्मतका लागि इजरायलमा इन्जिन लिन जाने भएको छ। यसरी २६९ दिनमा निगमको एयर बस ३२० नाइन एन एकेडब्लु (सगरमाथा) जम्मा १४५ दिन मात्रै उडानमा रहेको छ। १२४ दिन भने जहाज ग्राउन्डेड भएर बसेको छ।

१२४ दिन जहाज ग्राउन्डेड हुँदा निगमले जहाज उडानबाट हुने सरदर साढे १ अर्ब आम्दानी गुमाइसकेको छ। निगमको एयर बस ३२० जहाजको प्रतिघण्टा चार्टर रेट ७ हजार ७ सय १० डलर निर्धारण भएको छ। अहिले निगमको उडानमा रहेको अर्को एयर बस ३२० जहाजले दैनिक ११ घण्टा उडान गरिरहेको छ। सोही हिसाबमा निगमले एयर बस ३२० सगरमाथा ग्राउन्डेड हुँदा दैनिक ८४ हजार ८ सय १० डलर आम्दानी गुमाइरहेको छ। सोही हिसाबले निगमले १२४ दिनमा १ करोड ५ लाख १६ हजार ४ सय ४० डलर आम्दानी गुमाएको छ। 

बुधबारको डलर सटही दरमा हिसाब गर्दा निगमले दैनिक १ करोड ८ लाख ४८ हजार रुपैयाँ आम्दानी गुमाइरहेको छ। यस हिसाबले निगमले १२४ दिनमा १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाइसकेको छ।

५४ दिनदेखि ग्राउन्डेड जहाजमा प्रयोग भएको इन्जिन भाडामै १ करोड ३८ लाख खर्च

निगमको एयर बस दोस्रो पटक साउन १४ गतेदेखि ग्राउन्डेड छ। जहाज ग्राउन्डेड भएको ५४ दिन भइसकेको छ। ग्राउन्डेड जहाजमा प्रयोग भएको इन्जिन भाडावापत निगमले दैनिक दुई हजार डलर तिरिरहेको छ। यसरी ५४ दिनका लागि इन्जिन भाडामा मात्रै निगमले १ लाख ८ हजार डलर खर्च गरिसकेको छ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि प्रतिडलर १२७ रुपैयाँ ९१ पैसा दर तोकेको छ। सोही दरमा हिसाब गर्दा निगमले ग्राउन्डेड जहाजमा प्रयोग भएको भाडाको इन्जिनका लागि मात्रै १ करोड ३८ लाख १४ हजार २ सय ८० रुपैयाँ खर्च गरिसकेको छ।

यस विषयमा निगम प्रवक्ता अर्चना खड्कालाई सोध्दा केही प्राविधिक कारणले इन्जिन मर्मतमा ढिला भए पनि काम भने भइरहेको र अन्य विषयमा आफूलाई केही जानकारी नभएको बताइन्।

images

प्रकाशित : बुधबार, असोज ५ २०७९०९:३८

प्रतिक्रिया दिनुहोस