शुक्रबार, वैशाख ७ गते २०८१    
images
images
निगममा अध्यक्ष अधिकारीको चरम लापरबाही

कतारमा ७० दिन थन्किएको निगमको न्यारोबडी १२ दिनदेखि पुन: काठमाडौंमा ग्राउन्डेड, दैनिक १ करोड ११ लाख गुमाउँदै

images
images
कतारमा ७० दिन थन्किएको निगमको न्यारोबडी १२ दिनदेखि पुन: काठमाडौंमा ग्राउन्डेड, दैनिक १ करोड ११ लाख गुमाउँदै
images
images
  • निगमको न्यारोबडी एयरबस ३२० जहाज नाइन एन एकेडब्लु (सगरमाथा) १२ दिन देखि काठमाडौंमा ग्राउन्डेड
  • जहाजको दायाँ इन्जिनमा पनि समस्या, इन्जिन मर्मत नगरेसम्म उडान गर्न नमिल्ने एयरबसको सुझाव
  • जहाज ग्राउन्डेड हुँदा दैनिक १ करोड ११ लाख आम्दानी गुमाउँदै निगम
  • अध्यक्ष आफ्नो पद जोगाउन व्यस्त हुँदा जहाजको इन्जिन मर्मत तथा भाडामा लिने निर्णय रोकियो
  • ९० दिनका लागि दैनिक सरदर ६ हजार १ सय ६८ डलरमा इन्जिन भाडामा लिएर १ सय ५७ दिनसम्म पनि निरन्तर प्रयोग
  • जहाज ग्राउन्डेड हुँदा पनि १२ दिनदेखि इन्जिन भाडामा मात्रै २ हजार डलर खर्च
  • मर्मतका लागि इजरायल पठाइएको इन्जिन अझै मर्मत भएर आएन

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी, एयर बस ३२० कलसाइन नाइन एन एकेडब्लु (सगरमाथा) साउन १४ गतेबाट ग्राउन्डेड छ।

images
images
images

जहाजको दायाँ इन्जिनमा समस्या आएर ग्राउन्डेड हुँदा निगमले दैनिक गर्ने आम्दानी मात्रै गुमाएको छैन, उल्टो भाडामा लिइएको बायाँ इन्जिनको भाडाबापत दैनिक २ हजार डलर नोक्सान ब्यहोर्नुपरेको छ।

images

गत वर्षको डिसेम्बर २८ मा जहाजको बायाँ इन्जिन बिग्रिएपछि ७० दिन ग्राउन्डेड भएको जहाजमा मार्च ३ देखि नै भाडामा लिएर उडाउँदै आइएको थियो। अहिले पुन: जहाजको दायाँ इन्जिनमा समस्या देखापरेसँगै १२ दिनदेखि ग्राउन्डेड भएको छ। यस्तो अवस्थाको जहाज मर्मत गरी अब २ साइकल (चार उडान-अवतरण) भन्दा बढी उडान गर्न मिल्दैन। एयरबस कम्पनीले यस्तो अवस्थामा जहाज उडान गर्न नहुने भनेपछि जहाज ग्राउन्डेड गरिएको हो।

images

जहाज ग्राउन्डेड भएसँगै निगमको अन्तर्राष्ट्रिय उडान तालिका नै अस्तव्यस्त भएको छ। यसले निगमको उडान विश्वसनियतामा पुनः एकपटक नराम्रो दाग लागेको छ।

images
images

तर मन्त्रीपरिषद्ले बर्खास्त गरेका निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी अझै पद जोगाउन सकिन्छ कि भनेर दौडधुपमा लाग्दा इन्जिन मर्मत गर्ने तथा भाडामा लिने विषयमा कुनै निर्णय हुन सकेको छैन।

जहाजको इन्जिन मर्मत तथा भाडामा लिनका लागि सबैभन्दा पहिले निगम सञ्चालक समितिको बैठक बस्नुपर्छ। बैठक नबस्दै पनि अधिकारीले २१ दिनका लागि जहाजको इन्जिन भाडामा लिने निर्णय गर्न सक्छन्। इन्जिन भाडामा लिने निर्णय पछि बसेको सञ्चालक समितिबाट अनुमोदन गराउन पर्छ। तर जहाज ग्राउन्डेड भएको १२ दिनसम्म पनि उनले कुनै निर्णय गरेका छैनन्।

सञ्चालक समितिले भने बढीमा ९० दिनसम्मका लागि इन्जिन भाडामा लिने निर्णय गर्न सक्छ। तर इन्जिन मर्मतको निर्णय भने सञ्चालक समितिबाट नै गर्नु पर्छ। एकातिर १२ दिनदेखि जहाज ग्राउन्डेड छ, अधिकारी भने पोखरा गएर इन्जिन मर्मतको ठेक्काको सूचना निकाल्नुअघिको सेटिङ मिलाउन लागेको निगम स्रोतको दाबी छ। 

दैनिक करोड रुपैयाँभन्दा बढी आम्दानी गुम्दै

न्यारोबडी जहाज ग्राउन्डेड हुँदा निगमले दैनिक एक करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाइरहेको निगम अर्थ विभागकै कर्मचारीहरू बताउँछन्।

कसरी दैनिक १ करोड आम्दानी गुमाउँदै छ। हिसाबमा हेरौँ-

निगमको एयर बस ३२० जहाजको प्रति घण्टा चार्टर रेट ७ हजार ७ सय १० डलर निर्धारण भएको छ। अहिले निगमको उडानमा रहेको अर्को एयर बस ३२० जहाजले दैनिक ११ घण्टा उडान गरिरहेको छ। सोही हिसाब निगमले एयर बस ३२० सगरमाथा ग्राउन्डेड हुँदा आम्दानी दैनिक ८४ हजार ८ सय १० डलर आम्दानी गुमाइरहेको छ।

नेपाल राष्ट्र बैंकले बुधबारमा लागि प्रति एक डलर १२७ रुपैयाँ ७६ पैसा तोकेको छ। सोही दरमा हिसाब गर्दा निगमले दैनिक १ करोड ८ लाख ३५ हजार आम्दानी गुमाइरहेको छ। यस हिसाबले निगमले १२ दिनमा १३ करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाइसकेको छ।

जहाज उड्दै नउड्दा पनि इन्जिन भाडामै दैनिक २ हजार डलर खर्च

साउन १४ गतेदेखि ग्राउन्डेड भएको नाइन एन एकेडब्लु जहाजले आम्दानी मात्रै गुमाएको छैन, थप खर्च पनि गराइरहेको छ। नउडेको जहाजको इन्जिन भाडामा मात्रै निगमले अहिले दैनिक २ लाख ५५ हजार ५ सय २० रुपैयाँ खर्च गरिरहेको छ।

यही जहाजको बायाँ इन्जिन २८ डिसेम्बरमा कतारमा अवतरणपछि पार्किङ वेमा लैजाँदै गर्दा समस्या देखिएको थियो। जहाजको इन्जिनमा समस्या देखिपछि जहाज ७० दिनसम्म कतारमै ग्राउन्डेड भयो। जहाज उडानका लागि निगम अध्यक्ष अधिकारीले इन्जिन भाडामा लिने तथा मर्मत गर्ने निर्णय समयमै गराउन सकेनन्।

पछि अधिकारीले सेटिङमा एमटीयू एरो इन्जिन कम्पनीको इन्जिन भाडामा लिने निर्णय गरे। अधिकारीले सस्तोमा इन्जिन भाडामा दिने एभियन कम्पनीको प्रस्ताव छोडेर कमिसनको लोभमा ९० दिनका लागि इन्जिन भाडामा लिन निर्णय सञ्चालक समितिबाट गराए। तर सञ्चालक समितिले अधिकतम ९० दिनभन्दा बढी नहुने गरी त्योभन्दा पहिले नै इन्जिन मर्मत भएमा आफ्नै इन्जिन प्रयोग गर्ने निर्णय गरेको थियो। तर निगमले जहाजको इन्जिन भाडामा लिएको १ सय ५७ दिन भइसकेको छ। निगमले इन्जिन दैनिक २ हजार, प्रति उडान २ सय ९२ डलर र प्रति साइकल ( एक उडान/एक अवतरण)को २ सय ३९ डलरमा इन्जिन भाडा लिने निर्णय भएको थियो।

सोही निर्णयअनुसार इन्जिन भाडामा लिएर डिसेम्बर २८ देखि ग्राउन्डेड जहाज मार्च ६ बाट उडान सुरु भयो। तर इन्जिनको भाडा भने मार्च ३ बाटै तिरिएको छ।

निगम स्रोतका अनुसार इन्जिन भाडाबापत मात्रै ११०० करोड रुपैयाँ भुक्तानी भइसकेको छ। बिग्रिएको इन्जिन मर्मत गर्न इजरायल पठाइए पनि मर्मत भएर आउन सकेको छैन।

तत्काल जहाज उडान असम्भव

ग्राउन्डेड जहाज उडानका लागि तत्काल इन्जिन भाडामा लिनुपर्ने हुन्छ। अहिलेसम्म जहाजको इन्जिन भाडामा लिने कुनै प्रक्रिया सुरु भएको छैन। यो दुवै काममा लागि निगम सञ्चालक समितिको बैठक बस्नु पर्छ। अहिले निगम सञ्चालक समितिको बैठक बस्न सक्ने अवस्था छैन। निगम अध्यक्ष अधिकारीलाई २२ आरोप लगाउँदै सरकारले बर्खास्त गरिसकेको छ।

अहिले त्यही जहाजलाई भाडामा लिइएको बायाँ इन्जिनको समय सकिइसके पनि समय थप हुन सक्ने अवस्था छैन।

मर्मतमा पठाइएको इन्जिन तत्काल आएको अवस्थामा पनि दायाँ इन्जिन मर्मतमा पठाउनु पर्ने हुन्छ। इन्जिन मर्मतमा पठाउँदै मर्मत भएर नआउँदासम्म इन्जिन भाडामा लिनुपर्छ। यो विषय तत्काल सम्भव देखिँदैन।

इन्जिन मर्मत तथा भाडामा लिने विषयमा आर्थिक हिनामिना भएको निष्कर्ष निकाल्दै सरकारी छानबिन समितिले कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धानमा सिफारिस गरेको छ। मन्त्रिपरिषद्को निर्णयबाटै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपानेको संयोजकत्वमा अधिकारीमाथि छानबिन गर्न समिति बनेको थियो।

images

प्रकाशित : बुधबार, साउन २५ २०७९११:१८

प्रतिक्रिया दिनुहोस