काठमाडौं- बुधबार सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ५ सय र चाँदीको मूल्य १० रुपैयाँ घटेको हो।
मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार छाापावाल सुन प्रतितोला ५ सय रुपैयाँ घटेर ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको हो। बुधबारका लागि चाँदी प्रतितोला ११ सय ७० रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।