काठमाडौं- काठमाडौं महानगरपालिकाले अतिक्रमित संरचना व्यवस्थित गर्ने अभियान चलाइरहँदा ललितपुर महानगरपालिका पनि फुटपाथ र सार्वजनिक स्थान व्यवस्थित गर्ने काम सुरु हुने भएको छ।
ललितपुर महानगरले बुधबार सार्वजनिक सूचना जारी गरेर अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन भनेको छ।
नक्सा स्वीकृतबिना, मापदण्डविपरीत निर्माण भएका संरचना, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी, अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, सिढी लगायतका संरचना हटाउन महानगरले भनेको हो।
काठमाडौं महानगर प्रमुख बालेन शाहको नेतृत्वमा अवैध संरचना हटाउने र अनुमति लिएभन्दा फरक ढंगले संरचनाहरूको प्रयोग गर्नेमाथि कारबाही भइरहँदा त्यसको प्रभाव देशभरका स्थानीय तहमा देखिन थालेको छ।