बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिएको छ : कुलमान घिसिङ

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज ४ २०७९
images
images
विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिएको छ : कुलमान घिसिङ

'अहिले जति रकमको विद्युत् व्यापार भइरहेको छ, देशभित्र खपत बढाउँदा त्योभन्दा बढी रकम आर्जन हुनसक्छ।'

images
images

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबैभन्दा सस्तो इन्धन विद्युत् नै भएकाले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिएको बताएका छन्। 

images
images

सुन्दर ट्रेडर्स प्रालिले मंगलबार आयोजना गरेको चार्जिङ स्टेशन प्रदर्शर्नी कार्यक्रममा निर्देशक घिसिङले विद्युतको प्रयोग बढाएर देश समृद्ध बनाउन सकिने बताए।

images
images

सवारीसाधनलगायतमा विद्युत्को प्रयोग बढाउन सकिने उनको धारणा छ। 'पहिले लोडसेडिङ हुने समयमा विद्युतीय सामान कल्पना नै गर्न नसकिने भए पनि अहिले त्यसको प्रयोग बढाउन भनिरहेका छौँ', निर्देशक घिसिङले भने। 

images
images
images

अहिले विद्युत् व्यापार भइरहेकामा प्राधिकरणको जोड देशभित्रै खपत बढाउनु रहेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे।

उनका अनुसार अहिले जति रकमको विद्युत् व्यापार भइरहेको छ, देशभित्र खपत बढाउँदा त्योभन्दा बढी रकम आर्जन हुनसक्छ। विद्युतीय सवारीसाधनले सञ्चालन खर्च कम भएका आधारमा यात्रुलाई छुट दिनुपर्ने उनले बताए। घिसिङले भने, 'एक पटक किन्न बढी रकम भए पनि त्यसको सञ्चालन खर्च पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनभन्दा कम छ।'

सुन्दर ट्रेडर्स प्रालिका अध्यक्ष भेषबहादूर थापाले ट्रलिबस पुनः सञ्चालनका लागि जिम्मेवारी दिन सरकार समक्ष माग गरे। आफूले जिम्मेवारी पाएमा तीन महिनामा सञ्चालन गर्न सक्ने उनको दाबी छ। रासस


प्रकाशित : मंगलबार, असोज ४ २०७९१३:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend