मंगलबार, वैशाख ११ गते २०८१    
images
images

याङ्री र लार्केको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु

images
बिजनेस न्युज
images
images
याङ्री र लार्केको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु

दोस्रो चरणमा १ हजार ६ सय र १ हजार ८ सय मिलिमिटरका पाइप विच्छ्याएपछि यसबाट दैनिक २९ करोड लिटर पानी ल्याउन सकिने जनाइएको छ।

images
images

काठमाडौं- मेलम्चीपछि याङ्री र लार्के खोलाको पानी काठमाडौँ उपत्यकामा वितरणका लागि ठूला पाइप बिछ्याउन थालिएको छ। सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दूरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि एक हजार छ सय र एक हजार आठ हजार मिलिमिटर (एमएम) का ठूला पाइप बिछ्याउन थालिएको हो। 

images
images
images

दोस्रो चरणमा याङ्री र लार्केको पानी पनि ल्याउने तयारी भएसँगै पानी वितरणका लागि राजधानीमा ठूला पाइप बिछ्याउन थालिएको हो। पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलबाट चाबहिलसम्म विसं २०६९ मा एक हजार चार सय मिलिमिटरको पाइप बिछ्याइएको थियो। यो पाइपबाट दैनिक २२ करोड लिटर पानी पठाउन सकिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ।

images

दोस्रो चरणमा १ हजार ६ सय र १ हजार ८ सय मिलिमिटरका पाइप विच्छ्याएपछि यसबाट दैनिक २९ करोड लिटर पानी ल्याउन सकिने निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन्। 
 
सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रबाट साँढे दुई किमी नयाँ पाटीसम्म १ हजार ८ सय मिलिमिटरको पाइप बिछ्याइने छ। साढे दुई किलोमिटर भन्दा तल चावहिलसम्म करिब आठ किमी दुरीमा भने १ हजार ६ सय मिलिमिटरको पाइप विच्छ्याइने छ। याङ्री र लार्केको पानी आउनुअघि नै पनि मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आउने भएपछि ठूलो आकारको पाइप बिछ्याइएको उनले सुनाए। 

images

वर्षाका समयमा एउटा खोलाबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी ल्याउन सकिने जनाइएको छ। याङ्री र लार्केको पानी राजधानी ल्याउन तयारी सुरु भएकै बेला निर्देशनालयले भने पाइप बिछ्याउन थालिसकेको छ।
 
हवास उई कङ्काई कम्पनी जेभीले पाइप बिछ्याउने कामको ठेक्का पाएको छ। सन् २०२१ अप्रिलदेखि सुरु भएको काम दुई वर्षमा सकिने सम्झौता भएको छ। २ अर्ब ८८ करोडको लागतमा काम भइरहेको आयोजनाका सूचना अधिकारी श्रेष्ठले बताए। सुन्दरीजलबाट गोकर्णेश्वर महादेव मन्दिरमाथिको जगडोल डाँडासम्म जग्गा अधिग्रहण गरेर ठूला पाइप बिछ्याइएको छ। जगडोल डाँडाबाट चाबहिलसम्म भने सडकमा ठूला पाइप बिछ्याइनेछ। रासस 

images
images

images

प्रकाशित : मंगलबार, असोज ४ २०७९१०:११
प्रतिक्रिया दिनुहोस