काठमाडौं- मंगलबार सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। सोमबारको तुलनामा सुन प्रतितोला ४ सय रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।
सोमबार नेपाली बजारमा छाापावाल सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबारका लागि छापावाल सुन प्रतितोला ४ सय रुपैयाँ बढेर ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको हो। मंगलबारका लागि चाँदीको मूल्य ११ सय ८० रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।