बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

संविधान दिवसको अवसरमा तीनदर्जन व्यवसायी विभूषित

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मुरारका र वरिष्ठ उपाध्यक्ष ढकाललाई सुकीर्तिमय राष्ट्रदीप

images
सोमबार, असोज ३ २०७९
images
images
संविधान दिवसको अवसरमा तीनदर्जन व्यवसायी विभूषित
images
images

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ९ सय ९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन्। 

images
images

जसमा तीन दर्जनभन्दा बढी उद्योगी तथा व्यवसायी रहेका छन्। आज विभूषित हुनेहरूको नामावली सार्वजनिक गरिएको छ।

images
images

विभूषित हुनेमा नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्क्ष चन्द्र ढकाल र पूर्वअध्यक्ष पशुपति मुरारका रहेका छन्। उनीहरुलाई सुकीर्तिमय राष्ट्रदीपबाट विभूषित गरिने भएको छ।

images
images
images

स्वर्गीय प्रभाकर शम्शेर जबरालाई प्रसिद्ध प्रबल जनसेवाश्रीबाट विभूषित गरिने भएको छ। व्यवसायी कुश कुमार जोशी, कुसुम लामा, राजेश कुमार अग्रवाल, राम थापा, राम बहादुर कोइरी, शशीधर शर्मा, जगदीश प्रसाद अग्रवाल , मुरलीधर रुंगटा, बेनगोपाल मून्दडालाई सुप्रबल जनसेवा श्रीबाट विभूषित गरिने भएको छ।

प्रवल जनसेवा श्रीबाट सुशिल कुमार गोयन्का, बालकृष्ण भुसाल, प्रताव जंग पाण्डे, सुरकृष्ण वैद्य, पवन कुमार अग्रवाल र कुमुद कुमार दुगड विभूषित गरिने भएको छ। साथै प्रवल जनसेवा श्रीबाट बैंकर सुनिल केसी र ज्ञानेन्द्र प्रसाद ढुंगना विभूषित हुने भएका छन्।

राष्ट्र यशोवर्‌द्धकबाट बैंकर मनिराम पोखरेल, संचित बज्राचार्य, दिनेश थकाली र रुकमिणा कुमारी ज्ञवाली विभूषित हुने भएका छन्।

विकास रत्नबाट व्यवसायी विनायक शाह, मोहनराज ओझा, दिनेश कुमार महतो, शिक्षा भट्टचन (बैंकर), टीका बहादुर श्रेष्ठ, आङ गेल्बु शेर्पा, मनोज कुमार भारती, यमुना श्रेष्ठ र दीपक नेपाल विभूषित हुने भएका छन्


प्रकाशित : सोमबार, असोज ३ २०७९०२:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend