बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

नेपाल उद्योग परिसंघले महिला नेतृत्व शिखर सम्मेलन गर्दै

images
आइतबार, असोज २ २०७९
images
images
नेपाल उद्योग परिसंघले महिला नेतृत्व शिखर सम्मेलन गर्दै

नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान, र परिवर्तनका संवाहक महिला विषयमा छुट्टा छुट्टै सत्रमा छलफल हुनेछ। 

images
images

काठमाडौं- नेपाल उद्योग परिसंघले आगामी सम्मेलन आगामी पुस २९ देखि माघ १ गतेसम्म (जनवरी १३, १४ र १५, २०२३) मा वुमेन्स लिडरसिप समिट (महिला नेतृत्व शिखर सम्मेलन) आयोजना गर्ने भएको छ।

images
images

परिसंघको महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा तीन दिने सम्मेलन आयोजना गर्न लागिएको हो।

images
images

कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको हो। कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने उद्देश्य यो सम्मेलनको रहेको छ। 

images
images
images

यसैगरी सम्मेलनलाई लैङ्गिक समानताका विषयसहित महिला नेतृत्वहरुबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाहरुका सफलता सुनाउने, महिलाहरुलाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसरको रुपमा प्रयोग गरिनेछ। 

नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान, र परिवर्तनका संवाहक महिला विषयमा छुट्टा छुट्टै सत्रमा छलफल हुनेछ। 

परिसंघले पहिलो पटक आयोजना गर्न लागेको महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला, नेता, विज्ञहरूलाई एउटै थलोमा ल्याउँछ। यो शिखर सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुनेछ, जसले महिलाहरुलाई प्रेरित गर्नेछ। 

सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका महिलाहरुको सहभागिता हुनेछ। 


प्रकाशित : आइतबार, असोज २ २०७९१३:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend