शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

हिरो मोटोकर्पले विद्युतीय ब्रान्ड भिदा सार्वजनिक गर्दै, कस्तो पर्ला विद्युतीय सवारी बजारमा प्रभाव 

images
आइतबार, असोज २ २०७९
images
हिरो मोटोकर्पले विद्युतीय ब्रान्ड भिदा सार्वजनिक गर्दै, कस्तो पर्ला विद्युतीय सवारी बजारमा प्रभाव 

यस्तैमा भारतको सबैभन्दा धेरै मोटरसाइकल तथा स्कुटर उत्पादन तथा बिक्री गर्ने हिरो मोटोकर्पले पनि ईभी रेसमा आफूलाई दरो रुपमा उभ्याउन भिदा ब्रान्डमा विद्युतीय स्कुटर सार्वजनिक गर्ने मिति तय गरेको छ। 

images
images

काठमाडौं- भारतको सबैभन्दा ठूलो दुई पांग्रे (मोटरसाइकल तथा स्कुटर) सवारी उत्पादक कम्पनी हो हिरो मोटोकर्प। हिरोका मोटरसाइकल तथा स्कुटर धेरै भारतीयको रोजाइमा पर्ने गरेको छ। 

images
images
images

साधारण तथा आकर्षक मोटरसाइकल र स्कुटर हुनु, भारतमै बन्नु र धेरै माइलेज दिनुले हिरोका सवारी अधिकांश भारतीयको रोजाइमा परेको हो। हिरोका मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा समेत रोजाइमा पर्ने गरेको छ। आफ्नो सेगमेन्टमा अहिलेपनि नेपाली बजारमा हिरोका मोटरसाइकल तथा स्कुटर सबैभन्दा अगाडि रहेको छ। 

images
images

पेट्रोलियम पदार्थबाट चल्ने सवारीले धेरै प्रदूषण गरेको र विश्वको तापमानमा प्रभाग परेको भन्दै विश्वले नै विद्युतीय सवारी उत्पादन तथा प्रयोगलाई उच्च प्राथमिकता दिएको छ। भारत सरकारले दुई तथा तीन पांग्रे सवारीलाई २०२६ सम्म हाल बिक्री भइरहेको संख्यामा आधा विद्युतीय पुर्‍याउने लक्ष्य लिएको छ। 

images
images

त्यहीअनुसार विभिन्न स्टार्टअप कम्पनीहरूले सयौँ मोडलका विद्युतीय स्कुटर तथा मोटरसाइकल उत्पादन गरेर परीक्षण तथा बिक्रीका लागि ल्याइसकेका छन्। त्यसैगरि परम्परागत मोटरसाइकल तथा स्कुटर उत्पादन कम्पनीहरू हिरो, बजाज, होन्डा, यामाहा, टीभीएसलगायत ब्रान्डले पनि विद्युतीय सवारी सार्वजनिक गरेको वा गर्ने क्रममा रहेका छन्। 

बजाजले चेतक विद्युतीय भर्सन र टीभीएसले आइक्युब बजारमा ल्याइसकेको छ। त्यस्तै यामाहाले पनि विद्युतीय स्कुटर सार्वजनिक गरेको छ तर भारतीय बजारमा ल्याइसकेको छैन। भारतमा इको सिस्टम निर्माण गरेर विद्युतीय स्कुटर तथा मोटरसाइकल सार्वजनिक गर्ने तयारीमा यामाहा रहेको छ। 

यस्तैमा भारतको सबैभन्दा धेरै मोटरसाइकल तथा स्कुटर उत्पादन तथा बिक्री गर्ने हिरो मोटोकर्पले पनि ईभी रेसमा आफूलाई दरो रुपमा उभ्याउन भिदा ब्रान्डमा विद्युतीय स्कुटर सार्वजनिक गर्ने मिति तय गरेको छ। 

हिरो मोटोकर्पले आगामी सेप्टेम्बर ७ मा भिदा ब्रान्डका विद्युतीय स्कुटर सार्वजनिक गरेर औपचारिक रुपमा विद्युतीय सवारीको रेसमा प्रवेश गर्ने भएको छ। उक्त मितिमा कार्यक्रम गर्ने गरि हिरो मोटोकर्पले भारतका डिलरसहित विश्वभरका हिरोका डिस्ट्रिब्युटर्सलाई जेयपुरमा आमन्त्रण गरिसकेको द इकोनोमिक टाइम्सले लेखेको छ। 

उक्त कार्यक्रममा हिरोले आफ्नो पहिलो विद्युतीय सवारीको औपचारिक सार्वजनिकीकरण गर्ने छ। 

हिरो मोटोकर्पले गएको मार्चमा विद्युतीय सवारीसहित ईएसजी सोसुसनमा १० करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको थियो। हिरोले सेप्टेम्बर ७ मा सार्वजनिक गर्ने विद्युतीय सवारी जयपुरमा रहेको आरएन्डडी सेन्टरमै विकास गरेको हो। 

भारतमा सार्वजनिक भएपछि हिरो मोटोकर्प अन्तर्गतको भिदा ब्रान्डका विद्युतीय स्कुटर तथा मोटरसाइकल नेपाली बजारमा समेत आउनेछ। हिरोमा दुई पांग्रे सवारी नेपाली बजारमा एनजीएम हिरोले आधिकारिक रुपमा बिक्री गर्दै आएको छ। 


प्रकाशित : आइतबार, असोज २ २०७९०४:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend