मंगलबार, असोज १ गते २०८१    
images
images

खुल्यो सुपथ मूल्य पसल : कहाँ के सामग्री पाइन्छ

images
शनिबार, असोज १ २०७९
images
images
खुल्यो सुपथ मूल्य पसल : कहाँ के सामग्री पाइन्छ

उक्त सुपथ मूल्य पसलको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले चाडपर्वका बेला हुनसक्ने महँगी र कालोबजारी नियन्त्रण गरी केही हदसम्म भए पनि जनतालाई सहुलियत दिने उद्देश्यका साथ सुपथ पसल सञ्चालन गरिएको बताए। 

images
images

काठमाडौं- सरकारले नेपालीको महान चाड दसैँ, तिहार र छठका उपलक्ष्यमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ।
      
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले राजधानी काठमाडौं उपत्यकासहित देशभर सुपथ पसल सञ्चालनमा ल्याएको हो। कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट दसैँ, तिहार र छठ लक्षित सहुलियत पसल सञ्चालन गरिएको छ। 

images
images
images

उक्त सुपथ मूल्य पसलको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले चाडपर्वका बेला हुनसक्ने महँगी र कालोबजारी नियन्त्रण गरी केही हदसम्म भए पनि जनतालाई सहुलियत दिने उद्देश्यका साथ सुपथ पसल सञ्चालन गरिएको बताए। 
      
उनले चाडपर्वका बेला दैनिक उपभोग्य बजारमा धेरै किनबेच हुने भएकाले महँगी नियन्त्रण तथा गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउन बजार नियन्त्रण गर्नु सुपथ पसलको प्रमुख लक्ष्य भएको बताए। उद्योगमन्त्री बडूले जनतालाई राहत र सहुलियत प्रदान गर्न अघिल्लो वर्षभन्दा बढी मूल्य सुपथ गरिएको तथा साल्ट ट्रेडिङले दैनिक उपभोग्यवस्तु नुन, चिनीका अलावा खाद्यान्न पनि बिक्रीवितरण गर्ने जानकारी दिए।  

त्यस्तै दुग्ध विकास संस्थानले पनि सुपथ मूल्य पसल सञ्चालन गर्नेछ। टाढाका सेवाग्राहीलाई अनलाइन बिक्रीको व्यवस्था मिलाइएको छ। मन्त्री बडूले कम्पनीको सेवालाई अझ प्रतिस्पर्धी र गुणस्तरीय बनाउँदै जनतालाई समयमै अधिकतम सेवा उपलब्ध गराउन निर्देशन दिए।  

'कम्पनीको सेवा दूरदराजका जनताको पहुँचमा पुर्‍याउन र उनीहरुको सेवामा समर्पित हुने खालका कार्यक्रम अघि बढाउनेतर्फ ध्यान दिन म आग्रह गर्दछु,' उनले भने। दुर्गम तथा हिमाली क्षेत्रका खाद्यवस्तुको संकलन र बजारीकरणमा ध्यान दिन पनि उनले आग्रह गरे। बजारको प्रभावकारी अनुगमन गरी खाद्यवस्तुको गुणस्तर कायम राख्न मन्त्रालय सचेत रहेको भन्दै उनले जनशक्ति बढाएर अनुगमनलाई प्रभावकारी बनाइने विश्वास व्यक्त गरे।       

images

उद्योग मन्त्रालयका सचिव डा तोयनारायण ज्ञवालीले चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनसँगै बजार अनुगमन प्रणालीलाई प्रभावकारी बनाइएको बताए। उनले उपभोक्ताले सहजरुपमा खाद्य उपभोग्य वस्तु खरिद गर्नसक्ने हेतुले अनलाइन बिक्रीको व्यवस्था गरिएको जानकारी दिए। सचिव ज्ञवालीले कम्पनीको उपलब्ध भौतिक संरचनाको भरपुर उपयोग गरी दूरदराजका जनतालाई प्रभावकारी सेवा दिन कम्पनीको ध्यानाकर्षण गराए। 
      
व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले अत्यावश्यक खाद्यवस्तु एकैथलोबाट सहुलियतरुपमा उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गरिएको बताए। उनले सुपथ पसल आवश्यकताअनुसार विस्तार गर्ने र वस्तुसेवा बिक्रीलाई सहज तुल्याइने बताए। 

४५ स्थानमा सुपथ पसल
      
राजधानी काठमाडौंसहित ४१ जिल्लाका ४५ स्थानमा सुपथ पसल एकैपटक सञ्चालनमा ल्याइएको छ। काठमाडौंको थापाथली, रामसाह पथ, ललितपुरको नक्खु र भक्तपुरको सूर्यविनायकमा सुपथ पसल सञ्चालन गरिएको छ।
      
आगामी कात्तिक १५ गतेसम्म सञ्चालन हुने सुपथ पसलमा विभिन्न ३० प्रकारका खाद्यवस्तु बिक्रीका लागि राखिएको छ। प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सहुलियत पसल सञ्चालनमा आउने कम्पनीले जनाएको छ। सुपथ पसलमा मासुजन्य वस्तुमा १० तथा खाद्यान्य सामग्री र तेलमा सात छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

यी खाद्यवस्तुमा छुट पाइन्छ

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानसहितको सहभागितामा सञ्चालन हुने सुपथ पसलमा चामल, चिउरा, गेडागुडी, तेल, दाल, मैदा, आँटा, नुन, पनिर, घ्यु, खसी बोका र च्याङ्ग्रालगायत बिक्रीमा हुनेछन्। सुपथ मूल्य पसलमा चामल, दाल, आटा, मैदा, चिउरा र खाने तेलमा प्रतिकिलो तथा प्रतिलिटरमा सात रुपैयाँ छुट पाइनेछ। कर्णाली सिमी तथा गेडागुडीमा प्रतिकिलो १०, जिउँदो खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट पाइने कम्पनीले जनाएको छ। नुन किलोमा दुई, घिउ किलोमा ६० र पनिर तथा चिजमा प्रतिकिलो २० रुपैयाँ छुट पाइनेछ।

दार्चुलाबाट च्याङ्ग्रा ल्याइने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजारमा एकाधिकार तोड्दै मूल्य नियन्त्रण गर्न खसीबोका र च्याङ्ग्रा खरिद तथा बिक्री गरिने जनाएको छ। कम्पनीका विभागीय प्रमुख भेषनाथ न्यौपानेका अनुसार दसैँलक्षित कार्यक्रमअन्तर्गत यो वर्ष दार्चुलाबाट च्याङ्ग्रा खरिद गरेर बिक्री गरिनेछ। बजार मूल्यलाई सन्तुलन कायम गर्न खसी च्याङ्ग्राको व्यवस्था गर्न लागिएको उनले बताए।  

कम्पनीले यो वर्ष चार सय च्याङ्ग्रा ल्याउनेछ। निजी व्यापारीले पनि च्याङ्ग्रा बिक्री गर्नेछन्। त्यस्तै खसीबोका दुई हजार खरिद बिक्री गरिनेछ। वीरगञ्ज र तुल्सीपुरबाट खसीबोका ल्याइनेछ। रासस


प्रकाशित : शनिबार, असोज १ २०७९१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend