मंगलबार, असोज १ गते २०८१    
images
images

रामपुर नगरपालिकाभित्रका अवैध संरचना हटाइँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज १ २०७९
images
images
रामपुर नगरपालिकाभित्रका अवैध संरचना हटाइँदै

काठमाडौं महानगरपालिकामा मेयर बालेन शाहले अवैध संरचना र संरचनाहरूको गैरकानूनी प्रयोगमा कडाइ गरेसँगै देशभरका स्थानीय तहहरूले उही अभ्यास गर्न थालेका छन्।

images
images

पाल्पा- सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना रामपुर नगरपालिकाले हटाउने भएको छ। नगरपालिका्भित्रका १० वटै वडामा सरकारी तथा सार्वजनिक जग्गामा बनेका विभिन्न संरचना हटाउने र कब्जा गरेका जग्गाको संरक्षण गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ।

images
images
images

अवैध रुपमा सार्वजनिक जग्गामा निर्माण भएका विभिन्न संरचना हटाउन नगरवासीलाई अनुरोधसमेत गर्दै नियम र कानुनको पालना गरेर काम गर्ने नगरप्रमुख रमणबहादुर थापाले बताए। 

'रामपुर नगरपालिकालाई सफा, सुन्दर र स्वच्छ नगरपालिका बनाउने सङ्कल्प लिएका छौँ, नियम र कानुनभन्दा बाहिर जाने छैनौँ', उनले भने, 'व्यक्ति आफैँ सचेत भएर नियम विपरीत बनाइएका संरचना हटाउन सहयोग गर्न हाम्रो आग्रह छ, सार्वजनिक र सरकारी जग्गाको संरक्षण गर्ने दायित्व नगर सरकारको हो।'

यस कार्यमा कसैले अटेर गरे कानुनी प्रक्रियाअनुसार हटाइने रामपुर नगरपालिकाले जनाएको छ। 

images

काठमाडौं महानगरपालिकामा मेयर बालेन शाहले अवैध संरचना र संरचनाहरूको गैरकानूनी प्रयोगमा कडाइ गरेसँगै देशभरका स्थानीय तहहरूले उही अभ्यास गर्न थालेका छन्। रासस


प्रकाशित : शनिबार, असोज १ २०७९०७:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend