मंगलबार, असोज १ गते २०८१    
images
images

काठमाडौंबाट पूर्व चल्ने यातायात आजदेखि एउटै व्यवस्थापनमा सञ्चालन

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज १ २०७९
images
images
काठमाडौंबाट पूर्व चल्ने यातायात आजदेखि एउटै व्यवस्थापनमा सञ्चालन

शनिबारदेखि एउटै व्यवस्थापनमार्फत दसैँका लागि अग्रिम टिकट बुकिङसमेत खोलेका छन्। आगामी दिनमा पूर्व क्षेत्रमा चल्ने सबै व्यवसायीलाई समेट्दै लैजाने योजना छ।

images
images

काठमाडौं- काठमाडौंबाट देशको पूर्वी क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायात आजदेखि एउटै व्यवस्थापनमा सञ्चालन गरिएको छ।

images
images
images

यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस्थापनमा चल्दै आएका पूर्व क्षेत्र चल्ने सार्वजनिक सवारी साधन आजदेखि ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत सञ्चालन गरिएको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गत रहेको उपसमितिले पूर्व मेची बस व्यवसायी प्रालिसँगको सहकार्यमा ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत आजदेखि बस सञ्चालन गरेको महासङ्घका उपमहासचिव एवम् उपसमितिका संयोजक रजन रोक्काले जानकारी दिए।

उक्त व्यवस्थापनमार्फत काठमाडौंबाट काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगर, रङ्गेली, बुधबारे, बनियानी, गाईघाट, लहानलगायतका क्षेत्रमा सवारीसाधन आवतजावत गर्नेछन्।

images

उक्त कम्पनीले आज शनिबारदेखि एउटै व्यवस्थापनमार्फत दसैँका लागि अग्रिम टिकट बुकिङसमेत खोलेका छन्। आगामी दिनमा पूर्व क्षेत्रमा चल्ने सबै व्यवसायीलाई समेट्दै लैजाने उपमहासचिव रोक्काको भनाइ छ।

हाल काठमाडौंबाट पूर्वमा घोडाघोडी यातायात, विनायक, प्राइम, मितेरी, गोल्डेन गुगल, मकालु, मेची एयर, महालक्ष्मी, स्वयम्भू, मेट्रो कोसी, जगत्माता पाथीभरालगायत कम्पनीका बसहरु सञ्चालन हुँदै आएका थिए।

नारायणी पूर्वका सबै क्षेत्रमा सञ्चालन हुने बस व्यवसायीलाई एउटै छाताभित्र ल्याएर सञ्चालन गर्ने निर्णयअनुसार ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत बस सञ्चालन सुरु गरिएको मितेरी यातायातका सञ्चालक बिक्की गुरागाइँले बताए। उक्त व्यवस्थापनअन्तर्गत हाल काठमाडौंबाट पूर्व क्षेत्रमा दैनिक सयभन्दा बढी सार्वजनिक सवारीसाधन आवतजावत गर्नेछन्। हाल काठमाडौंको नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वरलगायतका क्षेत्रबाट पूर्व क्षेत्रमा बस सञ्चालन हुँदै आएको छ। रासस


प्रकाशित : शनिबार, असोज १ २०७९०७:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend