बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

सैनिक कल्याणकारी कोषको सम्पत्ति ६९ अर्ब ३ करोड ७९ लाख

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज १ २०७९
images
images
सैनिक कल्याणकारी कोषको सम्पत्ति ६९ अर्ब ३ करोड ७९ लाख

विसं २०७८ असार मसान्तसम्ममा कोषमा नगद मौज्दात ५४ अर्ब १२ करोड ७५ लाख रुपैयाँ थियो।

images
images

काठमाडौं- सैनिक कल्याणकारी कोषको यथार्थ सम्पत्ति ६९ अर्ब ३ करोड ७९ लाख रुपैयाँ पुगेको छ। कोषमा नगद मौज्दात ६२ अर्ब ६८ करोड ८९ लाख रुपैयाँ पुगेको सेनाले जानकारी दिएको छ।

images
images

विसं २०७८ असार मसान्तसम्ममा कोषमा नगद मौज्दात ५४ अर्ब १२ करोड ७५ लाख रुपैयाँ थियो। 

images
images

कोषको मुख्य आयस्रोत भनेको संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति कार्यमा गरेको योगदानबाट प्राप्त हुने रकम हो। विसं २०३२ मा शान्ति सेनामा सहभागी भएवापत प्राप्त १ करोड २४ लाख १ हजार रुपैयाँबाट कोष स्थापना गरिएको थियो। 

images
images
images

सैनिक कल्याणकारी कोषबाट करिब १० लाखको सङ्ख्यामा रहेका हिताधिकारीलाई स्वास्थ्य, शिक्षा, सुविधा तथा सहुलियत र सीप तथा स्वरोजगारीका विभिन्न कार्य सञ्चालन भइरहेको सहायकरथी विजय थापाले जानकारी दिए।

सैनिक कल्याणकारी कोषको रकम विगतमा ८५ करोड जोखिममा रहेकामा हाल त्यो घटेर करिब पाँच करोड रुपैयाँमा सीमित रहेको जानकारी दिइएको छ। सेनाले कोषको पारदर्शितालाई उच्च प्राथमिकतामा राखेको छ। रासस


प्रकाशित : शनिबार, असोज १ २०७९०६:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend