काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तालामै १ हजार रुपैयाँ घटेको छ। बिहीबारको तुलनामा सुन १ हजार र चाँदी १० रुपैयाँ घटेको हो।
बिहीबार नेपाली बजारमा छापावाल सुन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार छाापावाल सुन प्रतितोला १ हजार रुपैयाँ घटेर ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदी प्रतितोला १० रुपैयाँ घटेको छ। शुक्रबारका लागि चाँदीको मूल्य ११ सय ७० रुपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।