काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ। बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेको हो भने चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।
बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेर ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने प्रतोला ५ रुपैयाँ बढेको छ। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ८० रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।