मंगलबार, असोज १ गते २०८१    
images
images

जीसीएफ ग्लोबल सम्मेलनमा अर्थमन्त्री शर्माले भने - हिमालको रक्षा भएमात्रै पानीको सुरक्षा हुन्छ

images
बुधबार, भदौ २९ २०७९
images
images
जीसीएफ ग्लोबल सम्मेलनमा अर्थमन्त्री शर्माले भने - हिमालको रक्षा भएमात्रै पानीको सुरक्षा हुन्छ

'हामीले सन् २०३० सम्ममा जलवायु क्षेत्रमा ४५ अर्ब अमेरिकी डलरको सार्वजनिक-निजी लगानीको योजना बनाएका छौं, जसका लागि अन्तर्राष्ट्रिय सहयोगको पनि आवश्यकता छ। उद्योग क्षेत्रले ऊर्जाको स्रोतको रूपमा जीवाश्म इन्धनको प्रयोगलाई उल्लेखनीय रूपमा घटाएको छ।'

images
images

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले नेपालका हिमालको रक्षा भएमा मात्रै विश्व जनसंख्याका लागि आवश्यक पर्ने पानीको सुरक्षा हुने बताएका छन्।  

images
images
images

बुधबार दक्षिण कोरियामा आयोजित एसिया प्रशान्त क्षेत्रका मन्त्रीहरूको बैठकमा नेपालको तर्फबाट आफ्ना धारणा राख्दै उनले भने 'अत्यावश्यकतालाई ध्यानमा राख्दै नेपाल सरकारले चालु आर्थिक वर्षमा हरित ऊर्जाका लागि १०० अर्ब रुपैयाँ विनियोजन गरेको छ । निजी क्षेत्रका लगानीकर्ताले पनि यो प्रवृत्तिलाई पछ्याइरहेका छन्।'

दोस्रो हरित जलवायु कोष (जीसीएफ) ग्लोबल प्रोग्रामिङ सम्मेलन अन्तर्गत बुधबार एसिया प्रशान्त क्षेत्रका मन्त्रीहरूको बिशेष बैठक भएको थियो। 

उक्त बैठकमा बोल्दै मन्त्रि शर्माले भने, 'जलवायु परिवर्तनको प्रभावकारी न्यूनीकरण र निजी क्षेत्रको लगानी परिचालन गर्न अन्तर्राष्ट्रिय सहयोग पनि आवश्यक पर्ने कुरामा म जोड दिन चाहन्छु। नेपाली निजी बैंकहरूले पनि साझेदारीका लागि जीसीएफलाई सम्पर्क गरिरहेका छन्। म आशा गर्छु कि ती चाँडै मान्यता प्राप्त हुनेछन् ताकि निजी क्षेत्रहरूले बैंक योग्य हरित परियोजनाहरू पहिचान गरी लगानी गर्न सकून्।'

images

उनले अगाडी भने, 'हामीले सन् २०३० सम्ममा जलवायु क्षेत्रमा ४५ अर्ब अमेरिकी डलरको सार्वजनिक-निजी लगानीको योजना बनाएका छौँ, जसका लागि अन्तर्राष्ट्रिय सहयोगको पनि आवश्यकता छ। उद्योग क्षेत्रले ऊर्जाको स्रोतको रूपमा जीवाश्म इन्धनको प्रयोगलाई उल्लेखनीय रूपमा घटाएको छ। विकसित अर्थतन्त्रहरूले वातावरण संरक्षणका लागि अहिले जीवास्म इन्धनमा उल्लेखनीय कमी ल्याउनु आवश्यक छ।'

ठुला अर्थतन्त्रहरूले विश्व तापमान वृद्धिका लागि गरेका गतिविधिको कारणले उत्पन्न समस्याबाट  विश्वतापमान वृद्धिमा  कुनै योगदान नगर्ने देशहरू पिडित हुनु न्यायोचित नभएको भन्दै उनले भने, 'जलवायु संरक्षणमा सहयोग ऋणको रूपमा होइन अनुदानमा हुनुपर्दछ। ग्लोबल वार्मिङमा योगदान नगर्नेहरूलाई सजाय दिइनु अनुचित हो। यसका लागि योगदानकर्ताहरूबाट हरित ऊर्जा उत्पादनमा आर्थिक सहयोगमार्फत क्षतिपूर्ति गर्नआवश्यक देखिन्छ जसले गर्दा  महत्वाकांक्षी जलवायु लक्ष्यहरू प्राप्त गर्न मद्धत मिल्नेछ।' 

उनले एक पछिल्लो अध्ययन अनुसार नेपालमा प्रतिस्पर्धी रुपमा ग्रीन अमोनिया तथा हाइड्रोजन उत्पादन गर्न सकिने र जसले विकसित देशलाई समेत उपलब्ध गराएर कार्बन उत्पादन न्यून गर्न सकिने भएकाले विकशित देशहरूले यस्ता परियोजनामा लगानी गर्दा नेपाल जस्ता देशलाई महत्वपूर्ण सहयोग हुने बताए। 


प्रकाशित : बुधबार, भदौ २९ २०७९१३:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend