काठमाडौं- बुधबार नेपाल बजारमा सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। मंगलबारको तुलनामा सुन प्रतितोला ७ सय र चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।
मंगलबार छापावा सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ घटेर ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ घटेको हो। बुधबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।