काठमाडौं- मंगलबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ। सोमबारको तुलनामा सुन प्रतितोला १ सय रुपैयाँ घट्दा चाँदी प्रतितोला ३५ रुपैयाँ बढेको छ।
सोमबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार छापावाल सुन प्रतितोला १ सय रुपैयाँ घटेर ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने एकै दिन प्रतितोला ३५ रुपैयाँ बढेको छ। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।