शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

चीनका नेताको भ्रमण पारेर केही दिनलाई खुल्यो तातोपानी नाका

images
मंगलबार, भदौ २८ २०७९
images
images
चीनका नेताको भ्रमण पारेर केही दिनलाई खुल्यो तातोपानी नाका
चीनबाट विभिन्न सामाग्री बोकेर आएका कन्टेनर सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल भित्रिँदै। तस्बिर : देवराज सुवेदी/रासस

दसैँको समयमा नेपाली व्यापारीले सीमा नाकामा रोकिएका कन्टेनर भित्र्याउन पहल गरिदिन नेपाल सरकारलाई अनुरोध गरिरहेका थिए। 

images
images

काठमाडौं- चीनतर्फबाट विभिन्न समय बन्द हुँदै खुलाउँदै गरिएको तातोपानी नाका चीनिया नेता ली झान्शुको नेपाल भ्रमणको दुई दिनअघि शनिबारदेखि खुला भएको छ। कोरोना माहामारी भएको भन्दै चीनले पछिल्लो समय साउन २२ गतेदेखि नाका बन्द गरेको थियो। 

images
images

गएको शनिबारबाट आंशिक रुपमा खुला गरिएको नाकामा सोमबार चीनबाट विभिन्न सामाग्री बोकेर आएका कन्टेनर सिन्धुपाल्चोकको नाकाबाट नेपाल भित्रिए। दसैँको समयमा नेपाली व्यापारीले सीमा नाकामा रोकिएका कन्टेनर भित्र्याउन पहल गरिदिन नेपाल सरकारलाई अनुरोध गरिरहेका थिए। 

images
images

व्यापारीहरूले अनुरोध गरेपछि नै सरकारले तातोपानी नाका खोलिदिन काठमाडौंस्थिति चिनियाँ दूतावासलाई पत्र पठाएको थियो। लगातारको आग्रहमा पनि नखोलिएको नाका चीनको तेस्रो वरीयतामा रहेका नेता ली झान्शुको नेपाल भ्रमणको समयमा खुला गरिएको हो। 

images
images
images

चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली विशेष विमानबाट सोमबार अपराह्न काठमाडौं आएका हुन्। लीले भदौ ३० गतेसम्म चार दिनको समय नेपाल भ्रमणमा बिताउने छन्। उनी फर्किएलगत्तै तातोपानी नाकाको अवस्था फेरि उही हुने अनुमान गरिएको छ। अहिले केही दिनलाई तातोपानी नाका खोलिएको भए पनि रसुवा नाका अझै बन्द नै छ। 


प्रकाशित : मंगलबार, भदौ २८ २०७९०४:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend