बुधबार, मंसिर १२ गते २०८१    
images
images

काठमाडौंबाहिरका विमानस्थलमा पर्याप्त हवाई इन्धन उपलब्ध गराउन वायुसेवा सञ्चालक संघको माग 

images
सोमबार, भदौ २७ २०७९
images
images
काठमाडौंबाहिरका विमानस्थलमा पर्याप्त हवाई इन्धन उपलब्ध गराउन वायुसेवा सञ्चालक संघको माग 

इन्धन सहज नभए उडान नै बन्द गर्नुपर्ने अवस्था आउनसक्ने संघले उल्लेख गरेको छ। चाडपर्वको अवसरमा हवाई यात्रामा यात्रुको चाप हुने तर यही बेला इन्धन अभाव भएमा यात्रुले पनि दु:ख पाउने संघले सचेत गराएको छ। 

images
images

काठमाडौं- वायुसेवा सञ्चालकहरूले काठमाडौंबाहिरका विमानस्थलमा पर्याप्त हवाई इन्धन उपलब्ध गराउन माग गरेका छन्। 

images
images
images

नेपाल वायुसेवा सञ्चालक संघले काठमाडौंबाहिरका विमानस्थलमा पर्याप्त हवाई इन्धनको उपलब्धता नभएको भन्दै नेपाल गारिक उड्डयन प्राधिकरणको ध्यानाकर्षण गराएका छन्। 

images

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै संघले चाडपर्वको मुखमै काठमाडौंबाहिरका विमानस्थलमा पर्याप्त इन्धन नभएको उल्लेख गरेको छ। 

images

'नेपाल आयल निगमले काठमाडौं बाहेक बाहिरी विमानस्थलहरुमा पर्याप्त मात्रामा हवाई इन्धन उपलब्ध नगराएका कारण सदस्य वायुसेवा कम्पनीहरुका उडानहरुमा असर परेको छ। नेपालीहरुको महान चाड बडा दसैँ, तिहार तथा छठ पर्वहरु नजिकिँदै आइरहेको बेला सहज यात्राका लागि इन्धन अभाव हुनु दु:खद छ' संघले महानिर्देशकलाई बुझाएको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

इन्धन सहज नभए उडान नै बन्द गर्नुपर्ने अवस्था आउनसक्ने संघले उल्लेख गरेको छ। चाडपर्वको अवसरमा हवाई यात्रामा यात्रुको चाप हुने तर यही बेला इन्धन अभाव भएमा यात्रुले पनि दु:ख पाउने संघले सचेत गराएको छ। 
 
इन्धनको समस्या समाधानका लागि पहल गरिदिन संघले महानिर्देशक अधिकारीसमक्ष आग्रह गरेको छ। 


प्रकाशित : सोमबार, भदौ २७ २०७९१४:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend