काठमाडौं- एनसेल नेटवर्कमा आईएमई पे चलाउँदा इन्टरनेट शुल्क नलाग्ने भएको छ। यस्तो सुविधा दिनका लागि एनसेल र आईएमई पे बीच निःशुल्क मोबाइल डेटा सेवा सम्बन्धी सम्झौता भएको छ।
दुई कम्पनीबीचमा भएको सम्झौता अनुसार आईएमई पे एप प्रयोगकर्ताहरूले अब एनसेलको डेटाबाट जुनसुकै बेला र जहाँसुकै निःशुल्क एप प्रयोग गर्न सक्नेछन् ।
आइएमई पेले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा अभ्यस्त गराउने उद्देश्यले एनसेलसँग यस्तो सम्झौता गरिएको जानकारी दिएको छ।
डिजिटल नेपाल अभियानलाई साथ दिन तथा भुक्तानीलाई सहज बनाउनका लागि यो सम्झौता गरिएको दुबै कम्पनीले उल्लेख गरेका छन्।