मंगलबार, असोज १ गते २०८१    
images
images

लगातार दोस्रो वर्ष खस्कियो मानव विकास सूचक

मानव विकासको वरियतामा नेपाल सन् २०२० को तुलनामा एक स्थान माथि उक्लिएर १४३ स्थानमा पुगे पनि सूचक भने खस्किएर ० दशमलव ६०२ मा पुगेको छ

images
सोमबार, भदौ २७ २०७९
images
images
लगातार दोस्रो वर्ष खस्कियो मानव विकास सूचक

सन् २०२१ को प्रतिवेदनअनुसार संसारका १९१ देशमा नेपाल १४३ औँ स्थानमा रहेको छ। सन् २०१९ मा नेपाल १४२ औँ स्थानमा थियो। 

images
images

काठमाडौं- सयुक्त राष्ट्र संघीय विकास कार्य्रकम (युएनडीपी) ले मानव विकास प्रतिवेदन २०२१/२२ सार्वजनिक गरेको छ। मावन विकास प्रतिवेदनअनुसार विश्वव्यापी मानव विकास सूचकांक लगातार दोस्रो वर्ष ओरालो लागेको छ। 

images
images
images

प्रतिवेदनअनुसार ग्लोबल मानव विकास सूचक सन् २०२० र २०२१ मा लगातार घटेको हो। ८० प्रतिशत मुलुकको मावन विकास सूचकमा अंक घटेको छ। 

कोरोना महामारी तथा यसले सिर्जना गरेका विभिन्न आर्थिक समाजिक समस्याले गर्दा मावन विकास सूचक ओरालो लागेको युएनडीपीले उल्लेख गरेको छ। 

नेपालको मानव विकास सूचकको अंक पनि लगातार दोस्रो वर्ष घटेको छ। प्रतिवेदनअनुसार सन् २०२१ मा नेपालको अंक ०.६०२ रहेको छ। मध्यम देशहरूको सूचीमा रहेको नेपालको यो अंक सन् २०२० को तुलनामा ०.००२ अंकले घटेको छ। सन् २०२० मा पनि नेपालको अंक ०.००७ अंकले घटेर ०.६०४ अंक पुगेको थियो। 

images

hdi.png

युएनडीपीले विभिन्न १३ वटा आयामलाई यो सूचकमा समेट्दै आएको छ। लिंग, स्वास्थ्य, मानव सुरक्षा, चलायमानता र सञ्चार, अर्थसमाजिक दीगोपन, व्यापार तथा वित्तीय प्रवाह, रोजगारी, आय, असमानता, मानव विकास, जनसंख्या, शिक्षा र वातावरणीय दीगोपनलाई विभिन्न नम्बर दिएर सूचकमा समावेश गरिन्छ। 

सूचकमा पाँचवटा समीकरण समावेश गरिन्छ। मानव विकास, असमानता, लैंगिक विकास सूचक, लैंगिक असमानता र बहुआयामिक गरिबी सूचकलाई प्रतिवेदनमा समावेश गरिन्छ। 

hdinp.png

सन् २०२१ को प्रतिवेदन अनुसार संसारका १९१ देशमा नेपाल १४३ औँ स्थानमा रहेको छ। सन् २०१९ मा नेपाल १४२ औँ स्थानमा थियो। 

गएको ३ दशकमा नेपालले मानव विकास सूचकमा उल्लेखनीय प्रगति गरेको युएनडीपीले उल्लेख गरेको छ। सन् १९९०-२०२१ को बीचमा मावन विकास अंक ५० प्रतिशतले बढेको छ। सन् १९९० मा  ०.३९९ रहेको अंक सन् २०२१ मा पुग्दा ०.६०२ मा पुगेको छ। यो बीचमा औसत आयु जन्मका आधारमा १३.६ वर्षले बढेको छ भने खूद राष्ट्रिय प्रतिव्यक्ति आम्दानी यो बीचमा १४६ प्रतिशतले बढेको छ। 


प्रकाशित : सोमबार, भदौ २७ २०७९०७:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend