मंगलबार, असोज १ गते २०८१    
images
images

मद्रास सेक्युरिटी प्रिन्टर्सले सम्झौताअनुसार काम नगर्दा लाइसेन्समा समस्या

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २६ २०७९
images
images
मद्रास सेक्युरिटी प्रिन्टर्सले सम्झौताअनुसार काम नगर्दा लाइसेन्समा समस्या

विद्युतीय ड्राइभिङ लाइसेन्सको लागि पनि अहिलेसम्म सेक्युरिटी अडिट नभएको उल्लेख गरिएको छ। त्यसले गर्दा विभागले सुरु गरेको अनलाइन सिस्टम (ईडीएल र भीआरएस) मा काम हुन नसकेको बताइएको छ।

images
images

काठमाडौं- लाइसेन्स छाप्ने ठेक्का पाएको मद्रास सेक्युरिटी प्रिन्टर्स चेन्नइ इन्डियाले सम्झौताअनुसार काम नगर्दा समस्या उत्पन्न भएको छ। सम्झौताअनुसार काम नभएपछि यातायात व्यवस्था विभागले पटक–पटक ताकेता गरेको भए पनि उक्त कम्पनीले ताकेताको बेवास्ता गर्ने गरेको विभागको आरोप छ। विभागका अनुसार हाल उक्त कम्पनीले सफ्टवेयरको छ वटा काम पूरा गर्न नसकेको जनाएको छ।

images
images
images

सम्झौताअनुसार काम नगर्दा जनताले दैनिक सास्ती भोग्दै आएको विभागको दाबी छ। विभागका कारण उक्त कम्पनीले ९० प्रतिशत अर्थात् ७० करोड रुपैयाँ भुक्तानी लिई सकेको भए पनि प्रतिवद्धताअनुसार काम गर्न छाडेको छ। विभागका कम्प्युटर इन्जिनियर सुरजप्रसाद अर्यालद्वारा मद्रास सेक्युरिटी प्रिन्टर्स चेन्नइलाई पठाएको पत्रमा सिस्टममा धेरै समस्या आइरहेको र समाधानका लागि प्राविधिक टोली खटाइदिन लेखेको छ। कम्पनीले त्यसलाई वेवास्ता गर्दै आएको आरोप लागेको छ। 

विभागले कम्पनीलाई लेखेको पत्रमा टीएमओ/टीएमएसओ, मोडुअल्स पनि राम्रोसँग काम नगरेको, लेभल पनि पुर्णरुपमा नरहेको, कर तथा बीमाको अनलाइन पेमेन्ट नहुने, सिस्टममा बगहरु अझै रहेको र सेक्युरिटी सिस्टममा लुपहोल समेत रहेको बताइएको छ। साथै विद्युतीय ड्राइभिङ लाइसेन्सको लागि पनि अहिलेसम्म सेक्युरिटी अडिट नभएको उक्त पत्रमा उल्लेख गरिएको छ। त्यसले गर्दा विभागले सुरु गरेको अनलाइन सिस्टम (ईडीएल र भीआरएस) मा काम हुन नसकेको बताइएको छ।

यस्तै विभागका अनुसार उक्त कम्पनीले सम्झौता बमोजिम प्राविधिक सहयोगका लागि दक्ष जनशक्तिसमेत नपठाएका कारण १८ वटा टीएमएसको काम हुन नसेको जनाइएको छ। कम्पनीले सफ्टवयर प्रोजेक्ट म्यानेजर, सिनियर र जुनियर वेभ जाभा प्रोग्रामर, डेटावेस स्पेसियालिस्ट तथा क्वालिटी यासुरेन्स स्पेसियालिस्ट विभागमा उपलब्ध गराउन पर्ने भए पनि त्यो प्रक्रिया अहिलेसम्म पूरा नगरेको जनाइएको छ। 

images

यतिमात्र नभइ अनलाइन सिस्टममार्फत हुँदै आएको सवारीचालक अनुमति पत्र र सवारी दर्ता नवीकरणसम्बन्धी कामका लागि लागि चाहिने सफ्टवेयर तथा हार्डवेयर उक्त कम्पनीले पूर्णरुपमा जिम्मा लगाउन नसकेकाले यसैमा सधै समस्या आउने गरेको यातयात व्यवस्था विभागको आरोप छ। रासस


प्रकाशित : आइतबार, भदौ २६ २०७९०६:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend