शुक्रबार, चैत १६ गते २०८०    
images
images

‘हाइब्रिडका लागि समय सकियो : टोयोटा, होन्डा र निसानले अब ब्युँतिएर पूर्णविद्युतीयतर्फ लम्कनु पर्छ’

images
images
‘हाइब्रिडका लागि समय सकियो : टोयोटा, होन्डा र निसानले अब ब्युँतिएर पूर्णविद्युतीयतर्फ लम्कनु पर्छ’

जापानी कार उत्पादकहरुले विद्युतीय कार उत्पादन नगर्दा विश्वभरका उपभोक्तालाई यसका प्रत्यक्ष प्रभाव पर्नेछ। यो प्रभाव, मूल्यदेखि नविनतम् प्रविधिसम्ममा पर्छ। त्यसैले टोयोटा, होन्डा र निसानले पूर्ण विद्युतीय सवारीमा जान ढीलो गर्नु विश्वभरका कार उपभोक्ता र कम्पनी तथा जापानकै लागि पनि सुखद् हुने छैन।

images
images

काठमाडौं- विश्व अटोमोबाइल बजारमा जापानी ब्रान्डको दबदबा छ भन्दा फरक पर्दैन। टोयोटा विश्वको सर्वाधिक कार बिक्रेता कम्पनी हो। त्यस्तै, होन्डा, निसानलगायतले पनि विश्व बजारमा आफ्नो बलियो उपस्थिति कायम राखेका छन्। अन्य जापानी ब्रान्डहरू माज्दा, सुबारु, लेक्ससलगायतले पनि प्रिमियम कार ब्रान्डका रूपमा विश्वभर कार बिक्री गर्दै आएका छन्। 

images
images
images

पेट्रोलियम कारमा जापानी ब्रान्डले विश्वभर एउटा लहर मात्र ल्याएनन्, जापानी अर्थतन्त्रलाई मजबुत बनाउँदै विश्वभरका उपभोक्तालाई रोजाइ अनुसारको कार पनि उपलब्ध गराए। तर, अब विश्वले पेट्रोलियम युगबाट विद्युतीय वा शून्य प्रदूषण गर्ने अन्य प्रविधियुक्त कार युगतर्फ कोल्टे फेर्ने अठोट गरिसकेको छ। 

images

जापानबाहेक अन्य विश्वका सबै ठूला कार उत्पादक विद्युतीयमा जानेगरी तीब्र लगानीमा छन्। त्यसका लागि ब्याट्री उत्पादन, चार्जिङ स्टेसन, प्रविधिको विकासलगायत पूर्वाधार निर्माणमा जोडतोडले लागिसकेका छन्। 

images
images

तर, विश्व कार बजारमा ठूला खेलाडी जापानी कम्पनीहरू भने अझै पनि हाइब्रिड प्रविधिमै केही वर्ष अडिनुपर्ने जिकिर गरिरहेका छन्। जापानी कार उत्पादकहरू टोयोटा, होन्डा र निसान अहिले पनि ब्याट्रीमा आधारित विद्युतीय सवारीमा जान आनाकानी गरिरहेका छन्। यो भनेको कार्बन न्यूनीकरणमा उनीहरूको ध्यान कम रहेको समेत प्रष्ट हुन्छ। शून्य प्रदूषण सवारीबारे ग्रिनपिस नामक एक गैरनाफामुलक संस्थाले गरेको अध्ययनमा उक्त कुरा उल्लेख गरिएको इलेक्ट्रिक डटकोले लेखेको छ। 

जापानी कार उत्पादकहरु पूर्ण विद्युतीय सवारी सार्वजनिक गर्नमा अझै पनि निक्कै पछि रहेको छन्। टोयोटाले १९९७ मै प्रियस नामक हाइब्रिड कार सार्वजनिक गरेको थियो। हाइब्रिड कारमा संसारले कुनै परिकल्पनै नगर्दा टोयोटाले आफूलाई एक्लो प्रतिस्पर्धीका रुपमा उब्याएको थियो। तर विद्युतीय सवारी उत्पादनमा भने जापानी कार उत्पादक किन पछि छन् भन्ने बारे विश्व नै चकित अवस्थामा छ। यद्यपि पछिल्लो पटक टोयोटाले एउटा विद्युतीय कार भने सार्वजनिक गरेको छ। दोस्रो विद्युतीय कार सेडान सार्वजनिक गर्ने तयारीमा टोयोटा छ।

निसान र होन्डाले विभिन्न कम्पनीहरूसँग विद्युतीय कार उत्पादनका लागि विभिन्न देशमा संयुक्त उपक्रम बनाइरहेका छन्। यसबाट जापानी कार उत्पादकहरु विद्युतीयतर्फ जाँदै छन् भन्ने आशा भने पलाएको छ। 

जापान देशले पनि विद्युतीय कारका लागि उतिधेरै प्राथमिकता दिएको छैन। जापान विश्वको तेस्रो ठूलो अर्थतन्त्र हो, जसमा अटोमोबाइल कम्पनीको महत्वपूर्ण योगदान रहेको छ। विश्व अटोमोबाइल बजारमा जापानले नयाँ प्रविधिको विकासमा ठूलो योगदान पुर्‍याएको छ। तर कार्बन न्यूनीकरण र पूर्ण विद्युतीय सवारी उत्पादनमा किन किनारमा छ जापान? 

विद्युतीय सवारीको रेसमा पछि परेको जापान

तुलनात्मक रुपमा जापान परम्परागत संस्कारमा रमााउने मुलुकमा पर्दछ। जापानीहरु जबसम्म समस्या पर्दैन तबसम्म हतारिहाल्नु हुँदैन भन्ने मान्यता राख्छन्। टोयोटा, होन्डा र निसानले लिने व्यावसायिक निर्णयमा समेत यो लागु हुँदै आएको छ। अहिले विद्यु्तीय सवारीमा हाम्फाल्ने विषयमा होस् वा विगतमा यी कम्पनीहरुले लिएका निर्णय हुन्। ‘कुनै कुरा गलत होइन/बिग्रिएको छैन भने त्यसलाई सच्याउन आवश्यक छैन,’ भन्ने कुरालाई उनीहरु असाध्यै महत्व दिएर निर्णय लिने गर्छन्। 

यो खालको सोच राख्नेहरुले परिर्वतन क्रमिक रुपमा विस्तारै हुन्छ, हतारिनु हुँदैन भन्ने मान्यता राख्छन्। टोयोटा नर्थ अमेरिकाको कार्यकारी उपाध्यक्ष (सेल्स)ले विद्युतीय सवारीका लागि न बजार तयार छ न त पूर्वाधार नै तयार भएको छ भन्ने प्रतिक्रिया दिएका थिए। 

तर, सबै प्रकारका तयारी, यसप्रति उपभोक्ताको चासो र कम्पनीहरुको लगानीले विद्युतीय सवारी नै अबको मुख्य प्रवाहको सवारी हो भन्नेमा संका गर्नुपर्ने अवस्था छैन। यसको मुख्य आधार भनेको स्टार्टअपदेखि परम्परागत सवारी उत्पादकसम्म सबैले विद्युतीय सवारीमै जोड दिनु। संसारभर विद्युतीय सवारीलाई कर छुटदेखि प्रयोगमा प्रोत्साहन गर्नुलगायत पनि बलियो आधार हो। ट्रम्प शासनमा मौन रहेको अमेरिका वाइडेनले सत्ता सम्हालेसँगै विद्युतीय सवारीको प्रवर्धनमा आक्रामक भएको छ। अमेरिकाले विद्युतीय सवारीमा ट्याक्स क्रेडिट दिनेदेखि सार्वजनिक स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि अर्बौं डलर लगानी गर्ने घोषणा गरिसकेको छ। 

उपभोक्ताहरू पाएसम्म विद्युतीय सवारी नै खरिद गर्ने मुडमा पुगिसकेका छन्। नेपालजस्तो देशमा समेत विद्युतीय सवारी खरिदका लागि उभोक्ताहरू महिनौं कुरिरहेका छन्। 

कार्बन न्यूनीकरणमा टोयोटा, होन्डा र निसानको न्यून पहल

ग्रिनपिसले गरेको नयाँ अध्ययनअनुसार कार्बन न्यूनीकरणमा जापानी कार उत्पादकहरु टोयोटा, निसान र होन्डाको योगदान ज्यादै कम छ। विश्वका १० ठूला कार उत्पादकमा जापानी कम्पनीहरु सबैभन्दा अन्तिममा छन्। शून्य प्रदूषण वर्गीकरणमा टोयोटा सबैभन्दा पुछारमा छ। 

ग्रिनपिसले जलवायु परिवर्तन र इनर्जी क्याम्पेनमा जापानबारे भनेको छ, ‘अबको सयमका लागि हाइब्रिड, हामीलाई लाग्छ यो अन्त्य भइसकेको छ।’ हो अबको विकल्प पक्कै हाइब्रिड हुने छैन। हाइब्रिड सवारी विद्युतीयमा रुपान्तरणका लाष् िसहयोगी मात्र हुन सक्ने उक्त संस्थाले उल्लेख गरेको छ। 

सो सूचीमा होन्डा नवौं स्थानमा छ। होन्डाले २०३० सम्ममा विश्व बजारमा ३० वटा नयाँ विद्युतीय कार ल्याउने घोषणा गरेको छ। आठौं स्थानमा रहेको निसानले निक्कै अघिदेखि लिफ विद्युतीय कार बिक्री गर्दै आएको छ। 

के टोयोटा, होन्डा र निसान विद्युतीयमा मोडिन सक्छन्?

विश्व कार बजारमा आफ्नो उपस्थितिलाई कायम राखिरहन जापानी कार उत्पादक टोयोटा, होन्डा र निसानले विद्युतीय सवारीतर्फ अलिक बढी लम्कनुको विकल्प छैन। उनीहरुका लागि अन्य प्रतिस्पर्धी कार उत्पादकको लम्काइले खतराको संकेत दिइसकेको छ। त्यसैले टोयोाटाले विभिन्न देशमा विद्युतीय सवारी तथा ब्याट्री उत्पादनका लागि अर्बौं डलर लगानीको घोषणा गरिसकेको छ। त्यस्तै होन्डा र निसानले संयुक्त उपक्रममा विशेष जोड दिएका छन्। 

गतसाता टोयोटाले अमेरिकाको उत्तरी क्यारोलिनामा ब्याट्री प्लान्ट स्थापना गर्न ३ अर्ब ८० करोड डलर लगानी गर्ने बताएको छ। त्यस्तै टोयोटाले जापानी इन्जिन प्लान्टलाई विद्युतीय सवारीको ब्याट्री उत्पादन प्लान्टमा बदल्ने घोाषणा गरेको छ। त्यस्तै गतसाता नै होन्डाले अमेरिकामा ब्याट्री प्लान्ट बनाउन एलजी इनर्जीसँगको संयुक्त उपक्रममा ४ अर्ब ४० करोड डलर लगानी गर्ने घोषणा गरेको छ। निसानले पनि पहिलो भीटूजी चार्जर ल्याएको छ र विद्युतीय सवारीका लागि ठूलो धनराशी लगानी गर्ने बताएको छ। 

जापानी कार उत्पादकहरुले विद्युतीय कार उत्पादन नगर्दा विश्वभरका उपभोक्तालाई यसका प्रत्यक्ष प्रभाव पर्नेछ। यो प्रभाव, मूल्यदेखि नवीनतम् प्रविधिसम्ममा पर्छ। त्यसैले टोयोटा, होन्डा र निसानले पूर्ण विद्युतीय सवारीमा जान ढिलो गर्नु विश्वभरका कार उपभोक्ता र कम्पनी तथा जापानकै लागि पनि सुखद् हुने छैन।   

images

प्रकाशित : शनिबार, भदौ २५ २०७९०५:२०

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ