बुधबार, मंसिर १२ गते २०८१    
images
images

बाढी पहिरोले ४ सडक पूर्णरूपमा र १४ सडक आशिंकरूपमा अवरुद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २४ २०७९
images
images
बाढी पहिरोले ४ सडक पूर्णरूपमा र १४ सडक आशिंकरूपमा अवरुद्ध

आंशिकरूपमा चालु सडकमा कोशी राजमार्ग, पृथ्वी राजमार्ग, डुम्रे-बेँशीसहर-चामे, सिर्सिया-पथलैया-हेटौँडा-भैँसे, तानसेन-रिडि-कोरला, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, कणार्ली राजमार्ग र सिद्धार्थ राजमार्ग रहेका छन्।

images
images

काठमाडौं- वर्षाका कारण बाढी पहिरो आउँदा देशभरका चार सडक पूर्णरूपमा र १४ सडक आशिंकरूपमा अवरुद्ध भएका छन्। साँफेबगर-मार्तडी-कोल्टी, बालाजु-त्रिशूली-धुन्चे-स्याफ्रुबेसी, बेलरिया-भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङजा-पोखरा र डुम्रे-बेँशीसहर-चामे सडक अवरुद्ध बनेका हुन्।

images
images
images

साँफेबगर-मार्तडी-कोल्टी सडक अम्कोट-बल्दे र बाजुरामा अवरुद्ध छन्। बर्सात र लेदो आउने क्रम रोकिएपछि यातायात खुलाउने काम गरिने र वैकल्पिक बाटोका लागि सहमति जुटाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ। सडक खुलाउनका लागि लोडर, स्काइभेटर निर्माणस्थलमा तयारी अवस्थामा भएको र वैकल्पिक बाटोका लागि स्थानीयवासीसँग जग्गा विवाद मिलाउने प्रयास भइरहेको छ। 

images

बालाजु-त्रिशुली-धुन्चे-स्याफ्रुबेसी सडक रसुवा जिल्लाको बनुवामा अवरुद्ध रहेको छ। सो सडकको वैकिल्पक सडक मध्यम खालका सवारीसाधनका लागि खुलाइएको र अवरुद्ध सडक खुलाउनका लागि मर्मत भइरहेको विभागले जनाएको छ। सिद्धार्थ राजमार्गको हिउँदे खोलामा सडक अवरुद्ध रहेकामा अहिले ‘हेभि इक्वुपमेन्ट’को प्रयोग गरेर सडक खुलाउन प्रयास भइरहेको छ। डुम्रे-बेँशीसहर-चामे सडक लमजुङको उदीपुरमा अवरुद्ध भएको थियो । हाल सो स्थानमा अवरोध पन्छाउन थालिएको छ। 

images

आंशिकरूपमा चालु सडकमा कोशी राजमार्ग, पृथ्वी राजमार्ग, डुम्रे-बेँशीसहर-चामे, सिर्सिया-पथलैया-हेटौँडा-भैँसे, तानसेन-रिडि-कोरला, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, कणार्ली राजमार्ग र सिद्धार्थ राजमार्ग रहेका छन्। यी सडकका विभिन्न खण्ड बाढी र पहिरोका कारण सडक अवरुद्ध बनेका छन्। 

वैशाखयता २१ राजमार्गको १४९ स्थानमा सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेका थिए। ती सडकमध्ये हाल १३३ स्थानमा सडक दुवैतर्फबाट चालु रहेका छन्। एकातर्फबाट मात्रै चालु सडक १४ रहेका छन्। रासस


प्रकाशित : शुक्रबार, भदौ २४ २०७९१३:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend