बुधबार, मंसिर १२ गते २०८१    
images
images

'अब टेकुमा फोहर थुप्रिँदैन'

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २४ २०७९
images
images
'अब टेकुमा फोहर थुप्रिँदैन'

लामो समयदेखिको फोहर व्यवस्थापनको काम सकिएकाले यसअघि झैँ फोरहको कारण काठमाडौं उपत्यका अस्तव्यस्त नहुने कामनपाको भनाइ।

images
images

काठमाडौं- चार महिनापछि टेकुस्थित ट्रान्सफर स्टेशनको फोहर व्यवस्थापनको काम सकिएसँगै अब हरेक दिन नागरिकको घरबाट उठाइएको फोहर अन्तिम व्यवस्थापनको लागि बञ्चरेडाँडा पुर्‍याइने भएको छ। 

images
images
images

विगत चार महिनादेखि अल्पकालिन व्यवस्थापनको लागि टेकुमा थुपारिएको फोहर बिहीबारबाट सकिएको छ। यसअघि थुपारीएको फोहर सकिएकाले आगामी दिनमा नागरिककको घरबाट निस्किएको सबै फोहर सोही दिन बञ्चरेडाँडामा लगिने छ। अब यस अघिझै टेकुमा फोहर थुपारेर नराखिने बताइएको छ। 

images

लामो समयदेखिको फोहर व्यवस्थापनको काम सकिएकाले यसअघि झैँ फोरहको कारण काठमाडौं उपत्यका अस्तव्यस्त नहुने कामनपाको वातावरण विभाग प्रमुख सरिता राईले बताइन्।  

images

सिसडोल र बञ्चरेडाँडाका स्थानीयसँग भएको सहमति कार्यान्वयनको चरणमा रहेको र कुहीने फोहर व्यवस्थापनको सवालमा कामपाले उपत्यकामा नै  व्यवस्थापन गर्ने गरी वैकल्पिक स्थान पहिचान गर्न सक्रिय रहेको पनि प्रमुख राईले जानकारी दिइन्। 

सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयवासीलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहर बोकेको गाडी तोडफोड र कहिले सडक नै अवरोध गरेपछि विगत चार महिनादेखि काठमाडौं उपत्यकाको फोहर टेकुमा अल्पकालीन व्यवस्थापन गरिँदै आएको थियो। 

उपत्यकाको फोहर व्यवस्थापनका सम्बन्धमा यही भदौ पहिलो साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चार बुँदे सहमतिपछि भदौ पहिलो सातादेखि फोहर व्यवस्थापन कार्य सुरु भएको थियो। 

गत फागुनदेखि कहिले सडकको कारण त कहीले स्थानीयको अवरोधका कारण नियमितरुपमा उपत्यकाको फोहर व्यवस्थापनको काम हुन सकेको थिएन। लामो सयम नियमित फोहर व्यवस्थापनको काम हुन नसक्दा ट्रान्सफर स्टेशनमा फोहरको डङ्गुर थुप्रिएको थियो। हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ। रासस


प्रकाशित : शुक्रबार, भदौ २४ २०७९१२:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend