बुधबार, मंसिर १२ गते २०८१    
images
images

३ वर्षमा पाइपलाइनमार्फत २८ लाख १२ हजार किलाेलिटर डिजेल आयात हुँदा ५ अर्ब बचत 

images
शुक्रबार, भदौ २४ २०७९
images
images
३ वर्षमा पाइपलाइनमार्फत २८ लाख १२ हजार किलाेलिटर डिजेल आयात हुँदा ५ अर्ब बचत 

मोतीहारी अमलेखगञ्ज परियोजना दक्षिण एशियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना हो। कुल ६९.२ किलोमिटरको यो पाइपलाइन भारततर्फ ३३ र नेपालतर्फ ३६.२ फैलिएको छ। 

images
images

काठमाडौं- नेपाल आयल निगमले पाईल लाईन मार्फत तीन वर्षमा  ५ अर्ब रुपैया बचत गरेकाे छ। तीन वर्षमा पाइपलाइनबाट २८ लाख १२ हजा ४ सय २९ किलोलिटर डिजेल आयात गरेको प्रादेशिक कार्यालयका प्रमुख  प्रदीपकुमार यादवले जानकारी दिए। 
 
उनले पाइपलाइनमार्फत् न्यून मागत र शून्य चुहावटमा निरन्तर रूपमा इन्धनको आपूर्ति गर्न सफल भएको र यसबाट दुवानी खर्चमा झण्डै ५ अर्ब रूपैयाँ बचत गर्न सफल भएको समेत जानकारी दिए। 

images
images
images

अहिले पाइपलाइनबाट डिजेल आइरहेकोमा पेट्रोल भण्डारणका लागि भन्दै गरेको ट्र्याक निर्माण सम्मन्न भएपछि २०२४ जनवरीदेखि पेट्रोल र मट्टीतेल समेत पाइपलाइनबाटै आयात गर्ने घाेषणा समेत गरेका छन्। 

images

नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति तथा वितरण प्रणालीलाई सुनिश्चित गर्न २०३० सालमा माराको अमलेखगञ्जमा यो दिपाेको निर्माण सुरु भए भई २०३३ माघबाट नियमित रूपमा सञ्चालन हुँदै आएको छ। कुल ६७ हजार ७ सय २४ वर्गमिटर क्षेत्रमा फैलिएको यो डिपो नेपालकै सबैभन्दा ठूलो भण्डारण क्षमता भएको डिपो समेत हो।

images

सुरुको समयमा यो डिपोको क्षमता ४ हजार ४ सय ८० किलोलिटर रहेकोमा अहिले १९ हजार ८ सम ४० किलोलिटर डिजेल, ३ हजार ४ सय ३० किलोलिटर पेट्रोल ७ सय ६० किलोलिटर मट्टितेल भण्डारणको क्षमता रहेको छ। यो डिपोको क्षमताले मात्र देशको २५ दिनको पेट्रोलियमको माग धान्नसक्ने अवस्था छ। 

अहिले यो प्रादेशिक काम २६ जिल्लाको आपूर्ति व्यवस्थापन गर्दै आएको छ। जस अन्तर्गत ४ सय २४ तिर २ सय ६४ बानी रहेका छन्। डिपोबाट विराटनगर, जनकपुर, पानकोट, पोखरा, भलबारी डिपोमा स्टक ट्रान्सफर आएको छ अहिले दैनिक सत ५००० किलोमिटर इन्धन स्टक ट्रान्सफर र ५०० किलोमिटर इनको आपूर्ति तथा वितरण गर्दै आएको छ। 

डिपोको सुरक्षाको लागि अमलेखगञ्ज डिपोमा २४ लाख लिटरको पानीट्यासहित फायर फाइटिङको व्यवस्था हुनुका साथै डिपी तथा पाइपलाइनको चारैतिर २० वटा फापरमोनिटर, हाइन्टसहित १४ इन्चकी फायरलाइन रहेको छ। 

द्विपमा प्रतिघण्टा २ किलोमिटर डिस्चायुक्त २ वटा फायरइनि रहेको छ। प्रत्येक लोडिङ अनलोडिङ वे मा क्यापासिटेटिभ अडि तथा विभिन्न क्षमताका १०० भन्दा बढी फायरबोतलहरुको व्यवस्था छ। सम्भावित आगलागिको नियन्त्रणको लागि डिपोसँग आफ्नै २ वटा दमकल तयारी हालतमा रहेको छ।

मोतीहारी अमलेखगञ्ज परियोजना दक्षिण एशियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना हो। कुल ६९.२ किलोमिटरको यो पाइपलाइन भारततर्फ ३३ र नेपालतर्फ ३६.२ फैलिएको छ। 

२०७६ भदौ २४ गतेदेखि यो पाइपलाइनबाट इन्धन आपूर्ति सुरु गरिएको हो। पाइपलाइनको क्षमता २५ लाख किलोलिटर रहेको छ। यो पाइपलाइनबाट पेट्रोल, डिजेल, मट्टीतेल आयात गर्न सकिन्छ ।


प्रकाशित : शुक्रबार, भदौ २४ २०७९११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend