बिहीबार , वैशाख १३ गते २०८१    
images
images

३ वर्षमा सम्पन्न गर्नुपर्ने कञ्चनपुर-कमला सडक विस्तारको काम २ वर्षमा १४ प्रतिशत

images
बिजनेस न्युज
images
images
३ वर्षमा सम्पन्न गर्नुपर्ने कञ्चनपुर-कमला सडक विस्तारको काम २ वर्षमा १४ प्रतिशत

योजनाअन्तर्गत नै ५४ पुल निर्माण गर्नुपर्ने छ। आठ अण्डर पास र दुई फ्लाईओभर निर्माण गर्नुपर्ने सडक विभागले जनाएको छ।

images
images

काठमाडौं- तीन वर्षमा सम्पन्न गर्नुपर्ने कञ्चनपुर-कमला सडकको निर्माण दुई वर्ष सकिँदा झण्डै १४ प्रतिशत सकिएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर-कमला खण्डमा कोभिड र निर्माणस्थल उपलब्ध हुन ढिलाइ हुँदा अपेक्षा गरिएअनुसार काम अघि बढ्न नसकेको हो। 

images
images
images

एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनमा स्तरोन्नति भइरहेको छ। जम्मा ८६ दशमलव ८२ किमी लम्बाइको सडक अधिकांश खण्डमा चार र कतैकतै चार लेनसहित दुई लेन सर्भिस ट्रयाक निर्माण भइरहेको सडक विभागले जनाएको छ। 

images

कम्पनीले निर्माणस्थलमा काम गत वर्ष वर्षापछि सुरु गरेको कञ्चनपुर-कमला सडक योजना (पूर्वी खण्ड)का प्रमुख नीरज शर्माले बताए। उनका अनुसार कोभिडका कारणले बाहिरबाट सामान ल्याउन नसक्दा काममा अवरोध पुगेको थियो। एक वर्ष पहिले आएका चिनियाँहरू भर्खरैमात्रै जान पाएको उनले बताए। मान्छे र सामग्री दुवै आउन र ल्याउन कठिन भएको उनले बताए। उनले भने, 'कर्मचारीलाई दुई पटकसम्म कोभिड भएकाले र सामान ल्याउन नसकेको काम सरासर हुनसकेको थिएन।' 

images

चैतमा पेट्रोलियम पदार्थको अभाव भएपछि पुनः काममा अवरोध पुगेको थियो। पहिले गतिमा काम अघि बढाइरहेको भए पनि गत चैतबाट रोकिएको प्रमुख शर्माले बताए। निर्माण कम्पनीले ऊसँग भएको ट्रिपरलगायतका उपकरण पनि फिर्ता गरेको थियो। यो वर्ष दुई फरक निर्वाचन हुँदा त्यसले पनि निर्माणमा बाधा पुगेको उनले बताए। उनले भने, 'स्थानीय तहको निर्वाचनमा पनि कामदार गएका थिए भने अब चुनावमा पनि कामदार घर जाँदा बाधा पुग्छ।'

images
images

अहिले वर्षाका कारणले पनि काम रोकिएको प्रमुख शर्माले बताए। अब सबै कुरा सहज भएर सरासर काम गर्दा अवधि सकिँदासम्म ५० प्रतिशत सकिने देखिएको उनले बताए। कोभिडका कारण एक वर्ष अवधि थप्नैपर्ने र  त्यो अवधिसम्ममा काम सकिने उनले बताए। अवधि सकिँदासम्म पुल र सडक कालोपत्र सकिने उनले बताए। उनले भने, 'सडकको चिह्न लगाउनेलगायतका थप काम मर्मत अवधिमा सकिनेछ।' 

सडक निर्माणका क्रममा विभिन्न किसिमका समस्या देखिएकाले पनि निर्माणमा अवरोध पुगेको विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताए। मिर्चैया बजारमा नगरपालिकाबाट सञ्चालित ढलको ठेक्काको कारण हालसम्म पनि निर्माणस्थल निर्माण व्यवसायीलाई हस्तान्तरण हुनसकेको छैन। विद्युतीय पोल नयाँ ठाउँमा सार्न बाँकी रहेको उनले बताए। उनले भने, 'समस्या समाधानका लागि सडकको अधिकार क्षेत्रमा सबै विद्युत् संरचना र रुख हटाउनका लागि उच्चस्तरीय समन्वय भएर निर्णय हुनुपर्छ।' 

विभागले पूर्व-पश्चिम राजमार्गलाई कतै कस्तो कतै कस्तो नभएर एकै किसिमको डिजाइन गरेर निर्माण अघि बढाएको छ। पहिले फरक खण्डमा फरक डिजाइन भएकामा अहिले एउटै बनाउन लागिएको हो। देशभरका अरु राजमार्ग अन्तर्राष्ट्रिय मापदण्डका आधारमा छैन। यो राजमार्ग भूगोल र सडकको अधिकार क्षेत्रका हिसाबले पनि उपयुक्त रहेको छ। सडक बनाउनासाथ बस्ती बसिहाल्ने र उद्योग खुलिहाल्ने हुँदा एकपटक बनेपछि विस्तार गर्न कठिन हुँदै आएको छ। 

सो योजनाअन्तर्गत नै ५४ पुल निर्माण गर्नुपर्ने छ। आठ अण्डर पास र दुई फ्लाईओभर निर्माण गर्नुपर्ने सडक विभागले जनाएको छ। योजना निर्माणको ठेक्का सन् २०२० को अक्टोबर २९ मा सुरु भएको थियो। यसको अवधि तीन वर्ष अर्थात् सन् २०२३ अक्टोबरसम्म रहेको छ। आयोजनाको लागत १५ अर्ब ६६ करोड रहेको छ। 

योजनाको हालसम्म भौतिक प्रगति झण्डै १४ प्रतिशत पुगेको छ। वित्तीय प्रगति आठ दशमलव ८९ प्रतिशत अर्थात् दुई अर्ब ५० करोड एक लाख रहेको छ। योजनाअन्तर्गत १६ दशमलव ४९ किमी सडक छ लेन र ७० दशमलव ३३ किमी चार लेनमा निर्माण हुनेछ। चौवन्न वटा पुल दुई लेनको निर्माण हुने योजनाले जनाएको छ। 

गत आवमा योजनामा लक्ष्यअनुसार भौतिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ७० प्रतिशत पुगेको विभागले जनाएको छ। पुल र कल्भर्ट गरी ५० वटा सम्पन्न भएको र इम्ब्यान्कमेन्ट ७० दशमलव दुई किमी तयारी भएको छ। योजना पूर्व र पश्चिम खण्ड गरी दुई प्याकेजमा निर्माण अघि बढाइएको छ। पूर्वी खण्डमा हालसम्मको भौतिक प्रगति १३ दशमलव सात प्रतिशत र पश्चिम खण्डतर्फ १४ दशमलव ३२ प्रतिशत रहेको छ। रासस

images

प्रकाशित : शुक्रबार, भदौ २४ २०७९०८:०८
प्रतिक्रिया दिनुहोस