काठमाडौं- नेपाल आयल निगमको धनगढीमा रहेको हवाई इन्धन डिपो कार्यालयले काठमाडौंबाटै हवाई इन्धन उपलब्ध गराउन आग्रह गरेको छ।
इन्धन ढुवानीकर्ताहरूले आन्दोलन गरेका कारण आपूर्ति असहज हुँदा डिपोमा इन्धन रित्तिँदै गएकाले काठमाडौंबाटै इन्धन आपूर्तिका लागि आग्रह गरिएको हो।
निगमको धनगढी डिपोले नागरिक उड्डयन कार्यालय धनगढीलाई पत्र लेख्दै यस्तो आग्रह गरेको हो। इन्धन ढुवालीकर्ताले भदौ १७ देखि आन्दोलन गर्दै आएको र त्यसको असर हवाई इन्धनमा पनि परेको कार्यालयले जनाएको छ।
धनगढीमा अत्यावश्यक उडान बाहेकका लागि इन्धन नभएकाले अवस्था सामान्य नहुन्जेलसम्म सिनामंगल रिफ्युलिङ स्टेसन काठमाडौंबाटै रिफ्युलिङको व्यवस्था गर्न कार्यालयले आग्रह गरेको छ।