काठमाडौं- बिहीबार सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला ८ सय र चाँदीको २५ रुपैयाँ बढेको हो।
बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो। बिहीबार छापावाल सुन प्रतितोला ८ सय रुपैयाँ बढेर ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ बढेको हो। बिहीबारका लागि चाँदीको मूल्य ११ सय ३५ रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला ११ सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।