शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

बिहीबार सार्वजनिक हुँदै छ जिपको पहिलो विद्युतीय एसयूभी, लगत्तै नेपाल ल्याउने प्रक्रिया सुरु हुने

images
images
images
बिहीबार सार्वजनिक हुँदै छ जिपको पहिलो विद्युतीय एसयूभी, लगत्तै नेपाल ल्याउने प्रक्रिया सुरु हुने

१ सय किलावाट क्षमताकै मोटरमा जिपको विद्युतीय एसयूभी सार्वजनिक भएमा उक्त कार नेपाली बजारमा उल्लेख्य संख्यामा बिक्री हुनेछ।

images
images

काठमाडौं- आइकनिक एसयूभी ब्रान्ड जिपले आफ्नो पहिलो विद्युतीय एसयूभी बिहीबार (सेप्टेम्बर ८) मा सार्वजनिक गर्ने तय भएको छ। सानो आकारको नयाँ विद्युतीय एसयूभीको परीक्षण सकेर जिपले बिहीबार ‘ग्लोबल लन्च’ गर्न लागेको हो। 

images
images
images

जिप कम्पास जस्तै देखिएको नयाँ विद्युतीय एसयूभी आकर्षक हुने अनुमान गरिएको छ। विद्युतीय कार भएकाले यसमा पुराना जिपको तुलनामा केही अफर लुक्स रहेको छ। 

images

यो विद्युतीय एसयूभी ग्रुप पीएसएको इ-सीएमपी प्लेटफर्ममा निर्माण भएको हो। सीएमपी प्लेटफर्ममा निर्माण भएको सिट्रोन सीथ्री भारतमा केही समयअघि सार्वजनिक भएको हो। यही प्लेटफर्मको विद्युतीय भर्सजमा जिपको विद्युतीय एसयूभीमा निर्माण भएको हो। 

images

जिपको नयाँ विद्युतीय एसयूभी भारतीय बजारमा समेत आउने अनुमान गरिएको छ। यो विद्युतीय एसयूभी विश्व बजारमा फियाट र अल्फा रोमियो विद्युतीय कार ब्रान्डमा जाने छ। 

images
images

विद्युतीय ‘बेबी’ कम्पासका रुपमा लिइएको यो कार प्रति कम्पनीले धेरै नै भरोसा गरेको छ। भारतमा विद्युतीय कारको बजार उल्लेख्य रुपमा बढ्दै गएकाले त्यसलाई ‘क्यास’ गर्न कम्पनी लागि परेको हो। 

अहिले जिप ब्रान्ड स्टेलेन्टिस कम्पनी अन्तर्गत रहेको छ। स्टेलेन्टिसले यो कार पोल्यान्डमा रहेको प्लान्टबाट उत्पादन गरिरहेको छ। जिपले अबको केही वर्ष भित्रै सबै कारलाई विद्युतीकरण गर्दै जाने नीति लिएको छ। नयाँ विद्युतीय एसयूभी आकारका हिसाबले रेनिगेडकै साइजमा हुनेछ। 

जिप विद्युतीय एसयूभीमा प्युजो २००८ मा रहेको जस्तै विद्युतीय मोटर र पावरट्रेन हुनेछ। त्यो भनेको विद्युतीय मोटरले १३६ एचपी पावर दिनेछ। यसको ब्याट्री क्षमता ५० किलोवाटआवर लिथियम आयन ब्याट्री हुनेछ। 

जिपले ल्याउने नयाँ एसयूभी प्लगइन हाइब्रिड र पूर्णविद्युतीय हुने मोडल हुनेछ। कम्पनीले प्लगइन हाइब्रिड मोडलमा १.२ लिटर क्षमताको इन्जिन र १७ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा ल्याउने अनुमान गरिएको छ भने पूर्णविद्युतीय मोडलमा कुन साइजको ब्याट्री रहने भन्ने बाहिरिएको छैन। तर जिपको नयाँ विद्युतीय एसयूभीमा १ सय किलोवाट क्षमताको मोटर हुने अनुमान धेरैले गरेका छन्। 

जिपको नयाँ विद्युतीय एसयूभी फोर ह्वील ड्राइभ सिस्टममा समेत आउने अपेक्षा गरिएको छ। यसको फोर ह्वील ड्राइभ अप्सनमा १.२ लिटर टर्बो इन्जिन उपलब्ध रहने छ भने प्लगइन हाइब्रिडमा पनि यो सिस्टम हुनेछ। जिपको नयाँ विद्युतीय एसयूभीमा समावेश भएका विशेषता भने बिहीबार नै बाहिर आउने छ। 

नयाँ विद्युतीय जिप एसयूभीले एक पटकको फुल चार्जमा करिब ५ सय किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। ५ सिट क्षमताको यो कार नै जिपको पहिलो विद्युतीय कार हो। 

जिपका एसयूभीहरु नेपाली बजारमा समेत उपलब्ध रहेका छन्। भारतमा निर्मित जिप कम्पास तथा अमेरिकामा निर्मित जिप र्‍याङलरका विभिन्न भेरियन्ट नेपाली बजारमा उपलब्ध छन्।

नेपाली बजारमा जिप ब्रान्ड एमएडब्लू ग्रुप अन्तर्गतको लाइफ अटोमोबाइलले आधिकारिक रुपमा भित्र्याउँदै आएको छ। विश्व बजारमा बिहीबार सार्वजनिक भएलगत्तै जिपको विद्युतीय एसयूभी नेपाली बजारमा ल्याउने प्रक्रिया सुरु गरिने कम्पनीले जनाएको छ। 

१ सय किलावाट क्षमताकै मोटरमा जिपको विद्युतीय एसयूभी सार्वजनिक भएमा उक्त कार नेपाली बजारमा उल्लेख्य संख्यामा बिक्री हुनेछ। हाल नेपालमा १ सय किलोवाटसम्मका विद्युतीय कार आयात गर्दा न्यूनतम करमात्र लाग्ने गरेको छ। सोभन्दा बढी क्षमताका विद्युतीय कारको आयात कर बढी रहेको छ। 

images

प्रकाशित : बुधबार, भदौ २२ २०७९०४:०८

प्रतिक्रिया दिनुहोस