काठमाडौं- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले नेपाल स्टक एक्सचेञ्जलाई प्रभावकारी एवं सुदृढ गर्दै लैजानुपर्नेमा अनधिकृत तवरले नयाँ स्टक एक्सचेञ्जलाई अनुमतिपत्र दिन लागिएको भन्दै प्रश्न उठाएका छन्।
सांसद कृष्णप्रसाद दाहालले हाल सञ्चालनमा रहेका नेपाल स्टक एक्सचेञ्जलाई प्रभावकारी एवं सुदृढ गर्दै आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए। नेपालको पुँजी बजारले नयाँ स्कट एक्सचेञ्ज धान्ने अवस्था नभएको तथा कारोबार घटेर एक अर्बमा सीमित हुन लागेको उनको भनाइ थियो।
सांसद दाहालले अनधिकृत तवरले नयाँ स्टक एक्सचेञ्जलाई अनुमतिपत्र दिन लागिएको बताए। उनले त्यस्तो नयाँ संस्था आवश्यक नभएको भन्दै सरकारले गलत निर्णय गर्न लागेको आरोप लगाए।