काठमाडौं- मंगलबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँ बढेर ९४ हजार रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढेको छ। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय २५ रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला ११ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।