शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

नेक्सन ईभीसँग प्रतिस्पर्धा हुने अनुमान गरिएको महिन्द्राको विद्युतीय एसयूभी सार्वजनिक हुँदै

images
images
नेक्सन ईभीसँग प्रतिस्पर्धा हुने अनुमान गरिएको महिन्द्राको विद्युतीय एसयूभी सार्वजनिक हुँदै

कम्पनीले एक्सयूभी ३०० को भन्दा करिब २०० एमएम लामो साइजमा एक्सयूभी ४०० आउन लागेको हो।

images
images

काठमाडौं- भारतीय सवारी उत्पादक कम्पनी महिन्द्राले आफ्नो पहिलो विद्युतीय एसयूभी सार्वजनिक गर्दै छ। महिन्द्राको पहिलो विद्युतीय एसयूभी एक्सयूभी ४०० सेप्टेम्बर ६ अर्थात मंगलबार भारतीय बजारमा सार्वजनिक गर्दैछ। 

images
images
images

भारतीय बजारमा उत्पादन भएको पहिलो विद्युतीय एसयूभी टाटा नेक्सन ईभीसँग महिन्द्रा एक्सयूभी ४०० ईभीले प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। भारतमा ईभी उत्पादनमा अग्रणी भूमिकामा रहेपनि महिन्द्रले समयको मागअनुसारको विद्युतीय कार बजारमा ल्याउन नसक्दा कम्पनी निक्कै पछाडि परिसकेको छ। टाटा नेक्सन ईभी भारत र नेपालमा सर्वाधिक विक्री हुने ईभी मोडलका रुपमा स्थापित भइरहेको छ। 

images

महिन्द्राले धेरै मोडलको कन्सेप्ट सार्वजनिक गरेर आफू ईभी उत्पादनमा आक्रमक बन्ने संकेत गरेको छ। साथै, एक्सयूभी ४०० पछि केयूभी १०० को ईभी भर्सन ल्याउन तयारीमा कम्पनी रहेको छ। टाटा मोटर्सले पनि विद्युतीय एसयूभीका विभिन्न मोडलहरुको कन्सेप्ट सार्वजनिक गरिसकेको छ। 

images

महिन्द्राले मंगलबार सार्वजनिक गर्ने एक्सयूभी ४०० अहिले चल्तीमा रहेको एक्सयूभी ३०० मा आधारित रहेर बनेको मोडल हो। कम्पनीले एक्सयूभी ३०० को भन्दा करिब २०० एमएम लामो साइजमा एक्सयूभी ४०० आउन लागेको हो। लम्बाई बढेपनि यसको चौडाई, उचाई र ह्वीलवेस भने एक्सयूभी ३०० कै समान हुने अनुमान गरिएको छ। 

images
images

महिन्द्राको नयाँ विद्युतीय कारमा ‘एक्स १०० प्लेटफर्म’मा आधारित कोरियन कम्पनी एलजी सेमको हाई डेन्सिटी एनएमसी ब्याट्री प्रयोग हुनेछ। एनएमसी ब्याट्री ज्यादा पावर र रेन्जको लागि परिचित छ। त्यसैले एक्सयूभी ४०० ले एक पटकको फुल चार्जमा ४ सय किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ। यो कारमा रहेको सिंगल मोटरले १ सय ५० एचपी पावर दिने छ। 

यो विद्युतीय कारमा क्लोज अफ फ्रन्ट ग्रिल, इन्ट्रिग्रेटेड डीआरएलका साथै नयाँ डिजाइनको हेडलाइट हुनेछ। रियरमा पनि रिभाइज्ड टेलगेट र नयाँ डिजाइनको टेलल्याम्प क्लस्टरसहित आउने छ। 

एक्सयूभी ४०० विद्युतीय कार पछि महिन्द्राले शून्य प्रदूषण कारका रुपमा एक्सयूभी ई९ कुपे भर्सनमा ल्याउने जनाएको छ। यो कार २०२५ अप्रिलमा बजारमा आउने छ। महिन्द्राका नयाँ विद्युतीय कार आकर्षक डिजाइन क्लासमा आउने छन्।

महिन्द्राका एसयूभी सेगमेन्टका कार नेपाली बजारमा लोकप्रिय रहेका छन्। त्यस्तै महिन्द्राको इटूओ विद्युतीय कारसमेत ठूलो संख्यामा बिक्री भएको छ। भारतमा सार्वजनिक हुन लागेको एक्सयूभी ४०० विद्युतीय कार भारतमा सार्वजनिक भएलगत्तै नेपाली बजारमा समेत आउने छ।

हाल नेपालमा पेट्रोलियम कारको आयात प्रतिबन्ध लगाइएको छ। यो प्रतिबन्ध असोज २८ सम्मका लागि लम्ब्याइएको छ। महिन्द्राले भारतमा सार्वजनिकपछि महिन्द्राको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेटेडलले ल्याउन पहल गर्ने छ। 

सरकारले विद्युतीय सवारीमा कर सहुलियत दिएको र आईसी इन्जिन कारको आयात प्रतिबन्ध लागेकाले विद्युतीय कारको माग बढ्दै गएको छ। उपभोक्ताले चाहेअनुसारको विद्युतीय कार लत्कालै किन्न पाउने अवस्था छैन। सप्लाई चेनको समस्याका कारण संसारभर विद्युतीय कारको मागअनुसार आपूर्ति हुन सकेको छैन। 

images

प्रकाशित : मंगलबार, भदौ २१ २०७९०३:३३

प्रतिक्रिया दिनुहोस