काठमाडौं- समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको सञ्चालन र व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले दुई जनाको समिति बनाएको जनाउँदै त्यसको पदपूर्ति गर्न सार्वजनिक दर्खास्त मागेको छ।
फाइनान्स सञ्चालन र व्यवस्थापनका लागि एक जना संयोजक र एक जना सदस्य माग गरिएको छ। इच्छुक व्यक्तिले असोज ९ गते कार्यालय समयभित्र आवेदन दिइसक्नु पर्नेछ।
संयोगकको शैक्षिक योग्यता व्यवस्थापन, बैंककिङ, वाणिज्यशास्तलगायतमा १० वर्ष अनुभन प्राप्त गरेको हुनुपर्ने छ। त्यस्तै सदस्यका लागि १० वर्षको अनुभव र सीए पास गरि न्यूतनम ५ वर्षको कार्यानुभव भएको हुनुपर्ने उल्लेख छ।