काठमाडौं- भारतको राजधानी नयाँ दिल्ली ट्राफिक जामका हिसाबले भयाभह सहरमध्येमा पर्छ। नेपालको राजधानी काठमाडौंमा पनि ट्राफिक जाम ठूलै समस्याका रुपमा छ।
यस्तैमा भारतको दिल्ली सरकारले ट्राफिक जामलाई व्यवस्थित गर्न एलिभेटेड रोड, फ्लाइओभर तथा अन्डरपास निर्माण गर्ने भएको छ। जीटी रोडअन्तर्गतको अजादपुर रानी झाँसी रोडमा एलिभेटेड रोड बनाउने घोाषणा दिल्ली सरकारले गरेको छ। यही सडकको इन्टरसेक्सनमा भने डबल डेक फ्लाइओभर बन्ने भएको छ। जसका कारण मुल हाइवे भएर जाने सवारीले जाममा कम पर्खनु पर्ने हुन्छ।
उक्त सडक बनाउनका लागि दिल्ली सरकारले २ अर्ब ६६ करोड ८९ लाख भारु बजेट छुट्याएको दिल्लीका डेपुटी मुख्यमन्त्री मनिष सिसोडाइले बताएका हुन्। त्यस्तै अन्डरपास भने लोनि चोक र फ्लाइओभर अन्द नगरी र गगन सिनेमा उत्तरपूर्वि सदल्लको ट्राफिक सहज बनाउने गरि निर्माण हुने दिल्ली सरकारले एक्सपेन्डिचर फाइनान्स कमिटीको बैठकमा सो प्रस्ताव पेश गरिएको छ।
यी दुई परियोजनाको कुल लागत ३ अर्ब ४१ करोड २० लाख भार अनुमान गरिएको सिसोडाइले बताएका छन्। यो परियोजनामा दिल्ली मेट्रो र बीडब्लूबी योजनासमेत समावेश गरिने छ जसका कारण नयाँ दुई परियोजनाको लागत करिब १ अर्ब ५० करोड भारु कम हुने अनुमान गरिएको छ।
काठमाडौं उपत्यकामा पनि ट्राफिक जामको समस्या बढ्दै भएको छ। सरकारले विगतमा सडकको वैकल्पिक व्यवस्था भन्दा फराकिलो बनाउने विधि अवलम्बन गरेको थियो। अब यस्तो विधि अपनाउन निक्कै कठीन रहेको छ। मुआब्जा महँगो हुने र सडक विस्तार गर्दा धेरै नागरिक घरबारबिहिन हुने अवस्था आउँछ। त्यसैले संसारभर सडक फराकिलो बनाउने नभइ फ्लाइओभर, एलिभेटेड रोड, अन्डरपासलगायत विकल्पहरुको प्रयोग हुँदै आएको छ।
काठमाडौंमा हालसम्म कलंकीमा एउटा अन्डरपास बनेको छ भने अन्यत्र कहिँपनि वैकल्पिक उपाय अपनाइएको छैन। कोटेश्वर, महाराजगञ्ज, थापाथली, कालामाटीलगाय क्षेत्रमा प्लाइओभर तथा अन्डरपास बनाउने योजना सुनिएको भएपनि काम अघि बढ्न सकेको छैन।
ललितपुर महानगरपालिकाले ५ वर्षअघि नै थापाथलीदेखि पुलचोकसम्म फ्लाइओभर बनाउने भनेको थियो। तर त्यो गफमा मात्रै सीमित भएको छ। सहरी सडक र ट्राफिक व्यवस्थापनका लागि फ्लाइओभर, एलिभेटेड रोड, अन्डरपास नै विकल्पको रुपमा रहेको र संसारभर निर्माण हुँदै आएको छ। त्यसैले काठमाडौंले पनि यही विकप्लमा पूर्वाधार निर्माण गर्नुनै उपयुक्त हुनेछ।