काठमाडौं- साताको पहिलो दिन आइतबार सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। अघिल्लो साताको तुलनामा सुन प्रतितोला ६ सय र चाँदी ५ रुपैयाँ बढेको हो।
शुक्रबार छाापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो। आइतबार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेर ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ बढेको हो। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय १० रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला ११ सय ५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।