काठमाडौं- लामो रस्साकस्सीपछि त्रि-चन्द्र कम्पस रेट्रोफिटिङ हुने भएको छ। सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय परियोजना कार्यान्वयन इकाईले शुक्रबार रेट्रोफिटिङका लागि टेन्डर आह्वान गरेको हो।
घण्टाघर आगाडि रहेको त्रि-चन्द्र क्याम्पसको भवन भूकम्पका कारण चर्किएको थियो। सो भवन रेट्रोफिटिङका लागि भूकम्पपछिको पुनर्निर्माण योजना अन्तर्गत काम हुन लागेको हो।
रेट्रोफिटिङको लागि टेन्डरका लागि बिड रेक्युरिटी रकम ९४ लाख २० रुपैयाँ तोकिएको छ। शुक्रबार आह्वान गरिएको सूचनाअनुसार ९ अक्टोबरको १२ बजेसम्म आवेदन दिन सकिने छ। सोही दिनको २ बजे टेन्डर खोलिने छ।