काठमाडौं- नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको हो।
बिहीबार राती १२ बजेबाट लागु हुने गरी मूल्य बढाइएको हो। इण्डियन आयल कर्पोरेसनले मूल्य घटाएर पठाउँदा मूल्य नघटाएको निगमले बढाएर पठाउने वित्तिकै मूल्य बढाएको हो।
मूल्य वृद्धिसँगै डिजेल र मट्टितेलमा प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ। पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत नै राखिएको निगमले जनाएको छ ।