बिहीबार , वैशाख ६ गते २०८१    
images
images
हुम्लामा खाद्यान्य ढुवानी प्रकरण

४ करोड घोटाला विषयमा खरिद कार्यालयले बोलायो खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई

images
images
४ करोड घोटाला विषयमा खरिद कार्यालयले बोलायो खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नेपालगञ्ज र सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोट विमानस्थलमा १० हजार क्विन्टल खाद्यान्न ढुवानीका लागि भन्दै टेन्डरमा सभागी भइ सबैभन्दा बढी रकम कबुल गर्ने श्रीम्रिका एयर कार्गोलाई छनोट गरेको थियो।

images
images

काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले हुम्लाको सिमीकोटमा गर्न लागेको खाद्यान्य ढुवानी प्रकरणमा आर्थिक घोटला भएको भन्दै उजुरी परेपछि दुबै पक्षलाई छलफलमा बोलाएको छ।

images
images
images

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नेपालगञ्ज र सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोट विमानस्थलमा १० हजार क्विन्टल खाद्यान्न ढुवानीका लागि भन्दै टेन्डरमा सभागी भइ सबैभन्दा बढी रकम कबुल गर्ने श्रीम्रिका एयर कार्गोलाई छनोट गरेको थियो।

images

उक्त प्रक्रियामा ४ करोडभन्दा बढी घोटाला भएको भन्दै सार्वजनिक खरिद कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। व्यापार कम्पनीले ढुवानीकर्ता छनोटमा कानुन मिचेको भन्दै समिट एयरले सार्वजनिक खरिद अनुगमन कार्यालय अन्तर्गतको पुनरावलोकन समितिमा उजुरी गरेको थियो।

images

कम्पनीले असोज ५ गते श्रीम्रिका लागि छनोट गर्दै आशय पत्र जारी गरेको थियो।  समिट एयरले कम्पनी छनोट भएपछि सहभागी कम्पनीलाई कानुन अनुसार अयोग्य भएको भन्दै पत्र पठाउने पर्ने थियो।

images
images

तर कम्पनीले कुन पत्र नपठाएपछि समिटले के कारण छनोट नभएको हो र छनोट चितबुझदो नरहेको भन्दै जवाफ मागेको थियो। कम्पनीले सार्वजनिक खरिद ऐनमा व्यवस्था भएअनुसार ५ दिन भित्र जवाफ दिनु पर्ने भएपनि कुनै जवाफ नदिएपछि समिट एयरले धरौटी रकम राख्दै सार्वजनिक खरिद कार्यालय अन्तर्गतको पुनरावलोकन समितिमा उजुरी गरेको थियो। समितिले उजुरी परेपछि व्यापार कम्पनीसँग लिखित जवाफ माग्दै दुबै पक्षलाई आगामी शुक्रबार छलफलमा बोलाएको छ।

साथै यस विषयमा वायुसेवा सञ्चालक संघले संस्थागत रुपमै अख्तियार दुरुपयाेग अनुसन्धान आयोगमा समेत उजुरी गरेको थियो। अख्तियारले यस विषयमा अनुसन्धान गरेको थियो।

यस विषयमा बिजनेस न्युजमा हुम्ला सिमीकोटमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्य ढुवानीको टेन्डरदेखि नै सेटिङ गरेको भन्दै उजुरी परेको विषयमा समाचार प्रकाशन गरेको थियो। भदौ २१ गते ‘खाद्यबस्तु ढुवानीमा विचौलिया छिराउने खेल, सार्वजनिक खरिद र अख्तियारमा उजुरी’ भन्ने विषयमा समाचार प्रकाशन गरेको थियो।

त्यसपछि पनि कम्पनी छनोट गर्ने आश्य पत्र जारी भएपछि बिजनेस न्युज डटकममा ‘हुम्ला खाद्यान्न ढुवानी ठेक्कामा ४ करोड १२ लाख घोटला, कम कबुल गर्नेलाई वाइपास गरेर बढीलाई ठेक्का’ भन्ने शीर्षकमा समाचार प्रकाशन गरेका थियौं।

कसरी भएको थियो सेटिङ

सुर्खेत विमानस्थलबाट ६ हजार र नेपालगञ्ज विमानस्थलबाट ४ हजार क्विन्टल खाद्यान्न सिमीकोट ढुवानीका लागि गरेको टेन्डरमा सबैभन्दा बढी रकम कबुल गर्ने श्रीम्रिका एयर कार्गोलाई टेन्डर दिने गरी असोज ५ गते निर्णय गरेको थियो।

कम्पनीले खाद्यान्न ढुवानीका लागि सबैभन्दा कम रकम कबुल गर्ने कम्पनीलाई बाइपास गरेर सबैभन्दा बढी रकम कबुल गर्ने कम्पनीलाई टेन्डर दिने गरी आश्य पत्र जारी गरेको थियो।

कम्पनीले खाद्यान्न्न ढुवानीका लागि गरेको टेन्डरमा ४ वटा कम्पनी सहभागी थिए। जसमा सबै भन्दा  कम रकममा सामान ढुवानी गर्ने गरी सिता एयर टेन्डर दाखिला गरेको थियो। तर कम्पनीले सिता एयरलाई नदिएर सबै भन्दा बढी रकम कबुल गर्ने श्रीम्रिका एयर कार्गोलाई दिएको हो।

कम्पनीले गरेका टेन्डर सिता एयर, समिट एयर, तारा एयर र श्रीम्रिका कार्गो सहभागी थिए। टेन्डर सहभागी मध्ये सबैभन्दा कम रकममा सामान ढुवानी गर्ने गरी सिताले कबुल गरेको थियो। सिता एयरले सुर्खेतबाट हुम्ला प्रतिकिलो ६३ रुपैयाँ र नेपालगञ्जबाट हुम्ला ७८ रुपैयाँमा सामान ढुवानी गर्ने गरी टेन्डरमा सहभागी भएको थियो।

यो नै टेन्डर सहभागी अन्य कम्पनीको भन्दा कम रकम हो। सबैभन्दा बढी श्रीम्रिका कार्गोले सुर्खेतबाट प्रतिकिलो १ सय ५ र नेपालगञ्जबाट १ सय १२ रुपैयाँ कबुल गरेको थियो। तर, टेन्डर दिने निर्णय गर्दा १ सय १२ को ठाउँमा १ सय १८ रुपैयाँ बनाइएको छ।

समीटले सुर्खेतबाट प्रतिकिलो ९७ र नेपालगञ्जबाट ८९ रुपैयाँ कबुल गरेको थियो। तारा एयरको सुर्खेतबाट हुम्ला ७८ रुपैयाँ ९० पैसा र नेपालगञ्जबाट १ सय १० रुपैयाँ कबुल थियो।

१० हजार क्वीन्टल सामान ढुवानीमा  ४ करोड १२ लाख घोटला

सुर्खेतबाट ६ लाख क्विन्टल सामान ढुवानीका लागि सिताले प्रतिकिलो ६३ रुपैयाँ कबुल गरेको थियो। यही दरमा सुर्खेततबाट हुम्लाका  सिमीकोट विमानस्थलमा ६ लाख केजी सामान लैजान ३ करोड ७८ लाख रुपैयाँ भए पुग्थ्यो।

तर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रतिकेजी १ सय ५ रुपैयाँ कबुल गर्ने श्रीम्रिका कार्गोका लागि टेन्डर दिँदै ६ करोड ३ लाख खर्च गने खोजेको हो। सीतालाई दिँदा कम्पनीलाई  २ करोड ५२ लाख  रुपैयाँ सस्तो पर्थो।

यसैगरी नेपालगञ्जबाट सिमीकोट विमानस्थलमा ४ हजार क्विन्टल सामान लैजान सिता एयरले प्रतिकेजी ७८ रुपैयाँ कबुल गरेको थियो। यो दरमा सामान ढुवानी गर्दा ३ करोड १२ लाख रुपैयाँ खर्च हुने थियो।

तर कम्पनीले सबैभन्दा बढी रकम कबुल गर्ने श्रीम्रिकालाई नेपालगञ्जबाट सिमीकोट सामान ढुवानीमा प्रतिकिलो १ सय १८ रुपैयाँमा दिने भएको हो। यसबाट ४ लाख  केजी सामान ढुवानी गर्दा  ४ करोड ७२ लाख रुपैयाँ खर्च हुन्छ। यो रकम सिता एयरले कबुल गरेको रकम भन्दा १ करोड ६० लाख रुपैयाँले बढी हो।

अर्को विषय श्रीम्रिकाले टेन्डर दाखिला गर्दा नेपालगञ्जबाट हुम्लाको सिमीकोट सामान ढुवानी गर्दा प्रतिकेजी १ सय १२ रुपैयाँ कबुल गरेको थियो। तर, टेन्डर दिँदा त्यसमा पनि प्रतिकेजी ६ रुपैयाँ बढाइएको छ। समग्रमा  हुम्लाको सिमीकोट खाद्यान्न ढुवानीमा कर बाहेक ४१ लाख २० हजार रुपैयाँ घोटला भएको छ।

श्रीम्रिकालाई दिने खेल यसरी सुरु भएको थियो

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले नेपालगञ्ज विमानस्थल र सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटमा खाद्यवस्तु ढुवानीका लागि गरेको टेन्डरमा  विचौलिया छिराउने खेल सुरुवात समय देखि नै गरेको थियो।

कम्पनीले पहिलो पटक साउन ४ गते भदौ १३ गतेसम्मको समय राखेर टेन्डर गरेको थियो। तर, टेन्डर सूचनामा हवाई सेवा प्रदायक कम्पनीहरू भ्याटमा जानु नपर्ने भए पनि कम्पनीले कुनै एक कार्गो कम्पनीलाई लक्षित गरेर उक्त सर्त राखेर टेन्डर गरेको थियो।

उक्त विषय कानुन विपरित भएको र हवाई सेवा कम्पनीलाई टेन्डर प्रक्रियाबाट आउट गर्नेगरी सर्त राखेको भन्दै केही वायुसेवा कम्पनीहरूले सर्त संशोधन गर्न पत्राचार गरेको थियो।

तर, खाद्य कम्पनीले कुनै चासो नदिएपछि वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालले संस्थागत निर्णय गरेर भ्याटमा दर्ता हुनु पर्ने सर्त संशोधन गर्न अपिल गरेको थियो।

उक्त अपिलपछि पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मूल्य अभिवृद्धि कर वा स्थायी लेखा नम्बर भएको हुने हुने भन्दै भदौ ४ गते टेन्डर सर्त संशोधन गरिएको थियो।

साथै उक्त संशोधनमा पुनः ३ आर्थिक वर्षमा दुर्गम, पहाडी तथा हिमाली जिल्लामा १२ करोड रुपैयाँ बराबरको काग्र्रो ढुवानी भएको संस्थागत भुक्तानीको विवरणको बैंक स्टेटमेन्ट र तोकिए बमोजिमको कार्य सम्पन्न गरेको बोलपत्र पेश गर्नुपर्ने सर्त थपिएको थियो।

तर, टेन्डर डकुमेन्ट खरिद गर्न पुगेको २ वटा एयरलाइन्स कम्पनीलाई निजी क्षेत्रको कार्गो ढुवानी गरेको रकमलाई मान्यता नदिने र सरकारी सामान खरिद गरेको ढुवानीको रकमलाई मात्रै मान्यता दिने भन्दै  डकुमेन्ट खरिद गर्न दिइएन। तर, त्यसमा विरोध भयो। कम्पनीले अन्नत नीजी क्षेत्र तथा सरकारी जुनसुकै कम्पनीको कार्गो ढुवानीको रकमलाई मान्यता दिने भनि सिफिारिस भएपछि व्यवसायीले टेन्डर डकुमेन्ट खरिद गरेका थिए।

भदौ १३ गतेसम्म ३ वटा कम्पनी तारा एयर, समिट एयर र श्रीम्रिका कार्गो कम्पनीले टेन्डर डकुमेन्ट खरिद गरे। बोलपत्र खरिद गर्ने समय पनि १३ गतेसम्म मात्रै थियो।

बोलपत्र खरिद गरेको २ वटा कम्पनी समिट र तारा एयरले टेन्डर सूचनाका आधारमा भदौ १५ गते १२ बजे भित्र नै बोलपत्र दाखिल गरे। तर, बोलपत्र खरिद गर्ने श्रीम्रिका काग्रोले भने उक्त दिन बोलपत्र खरिद गरेपनि दाखिला गरेन।

दाखिला नगर्नुको एउटै मात्रै रहस्य थियो। उसले भने अनुसारको डकुमेन्ट बनाउन सकेको थिएन। तर, २ वटा कम्पनीले भने बोलपत्र दाखिला गरे। बोलपत्र दाखिला गर्ने अन्तिम समयसम्म समय थप भएको थिए। सोही अनुसार बोलपत्र दाखिला गर्ने व्यवसायी २ बजे बोलपत्र खोल्ने समयमै कार्यालयमा पुगे।

तर, उक्त समयमा बोलपत्र खोल्ने काम भएन। कम्पनीले जवाफ दियो,‘हामी छलफलमा छौं तपाईहरूलाई जानकारी दिन्छौं।’ तर व्यवसायीले आजै बोलपत्र खोलिनु पर्छ भनेर विरोध गरिरहे। तर बोलपत्र खुलेन।

अन्तत पुनः केही वायुसेवा कम्पनी तथा कार्गो कम्पनीले समय थप गरेर २१ गते भदौ सम्म बोलपत्र खरिद गर्ने र २२ गते १२ गतेसम्म दाखिला गर्ने र २ बजे बोलपत्र खोल्न गरी समय थप भएको छ।

तर, कम्पनीले भने जस्तौ कसैको पनि समय थपका लागि पत्राचार भएको थिएन। यसरी टेन्डर श्रीम्रिका कार्गोलाई मात्रै पार्ने गरी चलखेल भइरहेको  थियो।

उक्त निर्णयको विरोधमा वायुसेवा सञ्चालन संघ तथा बोलपत्र दाखिला गर्ने हवाई सेवा कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका थिए। उनीहरूले समय भित्रै बोलपत्र दाखिला गर्ने कम्पनीबीच प्रतिस्पर्धा गराउनु पर्ने माग गरेका गरेका थिए।

गत वर्ष भएको ढुवानी टेन्डर पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गरेको टेन्डर  श्रीम्रिका कार्गोले चलखेल गरेर टेन्डर पारेको थियो।

कार्गाोले सिता एयरका कर्मचारीको मिलोमतमा गत वर्षको ढुवानी टेन्डर पारेको थियो। गत वर्ष सिताले टेन्डरमा आफूले बोलकबल गरेको रकम पहिले नै उसलाई जानकारी गराएको थियो र सोही अनुसार बोलकबोल रकम राखेर टेन्डर पारेको थियो।

अहिले पनि श्रीमिका कार्गोसँग सिताका कर्मचारीसँग मिलेर टेन्डर पार्ने खेल गरेको थियो र सफल भएका छन्।

गत वर्ष पनि श्रीमिकाले सिता एयरको जहाजमा सामान बोक्दा प्रतिकेजी ८५ रुपैयाँ देखि ९० रुपैयाँ तिरेको थियो भने टेन्डर प्रतिकेजी १ सय ७ रुपैयाँका दरले पारेको थियो। यसरी प्रतिकेजी २२ रुपैयाँसम्म कमिसन खाएको श्रीम्रिकाले पुनः त्यही गर्न खोजेको व्यवसायीहरूको छ।

कसरी भयो घोटला?

जसरी श्रीम्रिकाले खाद्यान्न ढुवानीका लागि जिम्मा पाएको छ। यसका लागि टेन्डर दाखिला गर्दा कार्गो कम्पनीले एउटा एयरलाइन्स कम्पनीको सहमति पत्र बुझाउनु पर्ने सर्त अनुसार सिता एयरकै सहमति पत्र बुझाएको छ।

अब श्रीम्रिकाले सिता एयरबाट खाद्यान्न ढुवानी गर्ने छ। तर, टेन्डरमै सबैभन्दा कम रकम कबुल गर्ने सिता एयरलाई भने टेन्डर नदिइ श्रीम्रिका लासि दिइएको छ।

किन की सामान ढुवानी नै जहाजबाट गर्ने हो। जहाज कम्पनीले सस्तोमा सामान ढुवानी गर्छ भन्दा भन्दै मंहगोमा सामान ढुवानी गर्ने कम्पनीलाई टेन्डर दिएर सिधै आर्थिक हिनामिना गरिएको एक वायुसेवा कम्पनीका प्रतिनिधिले बताए।यस विषयमा बुझन खोज्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कुनै पनि व्यक्ति सम्पर्कमा आएनन् ।

images

प्रकाशित : आइतबार, असोज १७ २०७८०१:४५

प्रतिक्रिया दिनुहोस