शनिबार, साउन १२ गते २०८१    
images
images
images

खाद्यबस्तु ढुवानीमा विचौलिया छिराउने खेल, सार्वजनिक खरिद र अख्तियारमा उजुरी

images
सोमबार, भदौ २१ २०७८
images
images
खाद्यबस्तु ढुवानीमा विचौलिया छिराउने खेल, सार्वजनिक खरिद र अख्तियारमा उजुरी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले नेपालगञ्ज विमानस्थल र सुर्खेत विमानस्थलबाट हुम्लाको सिमिकोटमा खाद्य बस्तु ढुवानीका लागि गरेको टेन्डरमा  विचौलिया छिराउने खेल भएको छ।

images

काठमाडौं- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले नेपालगञ्ज विमानस्थल र सुर्खेत विमानस्थलबाट हुम्लाको सिमिकोटमा खाद्य बस्तु ढुवानीका लागि गरेको टेन्डरमा  विचौलिया छिराउने खेल भएको छ।

images
images

कम्पनीले नेपालगञ्ज र सुर्खेत विमानस्थलबाट हुम्लाको सिमिकोट विमानस्थलमा १० हजार क्वीण्टल खाद्य बस्तु ढुवानीका लागि टेन्डर गरेको थियो। कम्पनीले पहिलो पटक साउन ४ गते भदौ १३ गतेसम्मको समय राखेर टेन्डर गरेको थियो।

images

तर, टेन्डर सूचनामा हवाई सेवा प्रदायक कम्पनीहरु भ्याटमा जानु नपर्ने भए पनि कम्पनीले कुनै एक काग्रो कम्पनीलाई लक्षित गरेर उक्त सर्त राखेर टेन्डर गरेको थियो।

उक्त विषय कानुन विपरित भएको र हवाई सेवा कम्पनीलाई टेन्डर प्रक्रियाबाट आउट गर्नेगरी सर्त राखेको भन्दै केही वायुसेवा कम्पनीहरूले सर्त संशोधन गर्न पत्राचार गरेको थियो।

images

तर, खाद्य कम्पनीले कुनै चासो नदिएपछि वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालले संस्थागत निर्णय गरेर भ्याटमा दर्ता हुनु पर्ने सर्त संशोधन गर्न अपिल गरेको थियो।

उक्त अपिलपछि पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले मूल्य अभिवृद्धि कर वा स्थायी लेखा नम्बर भएको हुने हुने भन्दै भदौ ४ गते टेन्डर सर्त संशोधन गरिएको थियो।

साथै उक्त संशोधनमा पुनः ३ आर्थिक वर्षमा दुर्गम, पहाडी,तथा हिमाली जिल्लामा १२ करोड रुपैयाँ बराबरको काग्र्रो ढुवानी भएको संस्थागत भुक्तानीको विवरणको बैंक स्टेटमेन्ट र तोकिए बमोजिमको कार्य सम्पन्न गरेको बोलपत्रसाथ पेश गर्नुपर्ने सर्त थपिएको थियो।

तर, टेन्डर डकुमेन्ट खरिद गर्न पुगेको २ वटा एयरलाइन्स कम्पनीलाई निजी क्षेत्रको काग्रो ढुवानी गरेको रकमलाई मान्यता नदिने र सरकारी सामान खरिद गरेको ढुवानीको रकमलाई मात्रै मान्यता दिने भन्दै  डकुमेन्ट खरिद गर्न दिइएन। तर, त्यसमा विरोध भयो। कम्पनीले अन्नत नीजी क्षेत्र तथा सरकारी जुनसुकै कम्पनीको काग्रो ढुवानीको रकमलाई मान्यता दिने भनि सिफिारिस भएपछि व्यवसायीले टेन्डर डकुमेन्ट खरिद भएको एक एयरलाइन्स कम्पनी प्रतिनिधिले बताए।

भदौ १३ गतेसम्म ३ वटा कम्पनी तारा एयर, समिट एयर र सिम्रिका काग्रो कम्पनीले टेन्डर डकुमेन्ट खरिद गरे। बोलपत्र खरिद गर्ने समय पनि १३ गतेसम्म मात्रै थियो।

बोलपत्र खरिद गरेको २ वटा कम्पनी समिट र तारा एयरले टेन्डर सूचनाका आधारमा भदौ १५ गते १२ बजे भित्र नै बोलपत्र दाखिल गरे। तर, बोलपत्र खरिद गर्ने सिम्रिका काग्रोले भने उक्त दिन बोलपत्र खरिद गरेपनि दाखिला गरेन।

दाखिला नगर्नुको एउटै मात्रै रहस्य थियो। उसले भने अनुसारको डकुमेन्ट बनाउन सकेको थिएन। तर, २ वटा कम्पनीले भने बोलपत्र दाखिला गरे। बोलपत्र दाखिला गर्ने अन्तिम समयसम्म समय थप भएको थिए। सोही अनुसार बोलपत्र दाखिला गर्ने व्यवसायी २ बजे बोलपत्र खोल्ने समयमै कार्यालयमा पुगे।

तर, उक्त समयमा बोलपत्र खोल्ने काम भएन। कम्पनीले जवाफ दियो,‘हामी छलफलमा छौं तपाईहरूलाई जानकारी दिन्छौं।’ तर व्यवसायीले आजै बोलपत्र खोलिनु पर्छ भनेर विरोध गरिरहे। तर बोलपत्र खुलेन।

third.JPG

अन्तत पुनः केही वायुसेवा कम्पनी तथा काग्रो कम्पनीले समय थप गरेर २१ गते भदौ सम्म बोलपत्र खरिद गर्ने र २२ गते १२ गतेसम्म दाखिला गर्ने र २ बजे बोलपत्र खोल्न गरी समय थप भएको छ।

तर, कम्पनीले भने जस्तौ कसैको पनि समय थपका लागि पत्राचार नभएको वायुसेवा सञ्चालक संघको दाबी छ। यसरी टेन्डर सिम्रिका कार्गोलाई मात्रै पार्ने गरी चलखेल भइरहेको  कम्पनीका एक कर्मचारीले जानकारी दिए।

उक्त निर्णयको विरोधमा वायुसेवा सञ्चालन संघ तथा बोलपत्र दाखिला गर्ने हवाई सेवा कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन। उनीहरूले समय भित्रै बोलपत्र दाखिला गर्ने कम्पनीबीच प्रतिस्पर्धा गराउनु पर्ने माग गरेका छन्।

गत वर्षकै नियति दोहोराउने खेल
गत वर्ष भएको ढुवानी टेन्डर पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गरेको टेन्डर सिम्रिका कार्गोले चलखेल गरेर टेन्डर पारेको थियो। 

सिम्रिका कार्गाोले सिता एयरका कर्मचारीको मिलोमतमा गत वर्षको ढुवानी टेन्डर पारेको थियो। गत वर्ष सिताले टेन्डरमा आफूले बोलकबल गरेको रकम पहिले नै उसलाई जानकारी गराएको थियो र सोही अनुसार बोलकबोल रकम राखेर टेन्डर पारेको थियो।

अहिले पनि सिम्रिकाले सिताका कर्मचारीसँग मिलेर टेन्डर पार्ने खेल गरेको सोही अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काम गरिरहेको स्रोत बताउँछ।

two.JPG


गत वर्ष सिम्रिकाले सिता एयरको जहाजमा सामान बोक्दा प्रतिकेजी ८५ रुपैयाँ देखि ९० रुपैयाँ तिरेको थियो भने टेन्डर प्रतिकेजी १ सय ७ रुपैयाँका दरले पारेको थियो। यसरी प्रतिकेजी २२ रुपैयाँसम्म कमिसन खाएको सिम्रिकले पुन: त्यही गर्न खोजेको व्यवसायीहरूको आरोप छ।

के भन्छन् खाद्य व्यवस्था कम्पनी

कम्पनीका सूचना अधिकारी शर्मिला न्याैपाने सुवेदीले टेन्डर गर्दा केही कम्फूजन भएका कारण  भ्याटको विषयमा संशोधन भएको बताइन्। ‘सुरुमा भ्याटमा दर्ता भएको हुनु पर्ने सर्त राखिएको थियो।

हवाई सेवा कम्पनीहरूको अपिल र आन्तरिक राजस्व विभागबाट हवाई सेवामा भ्याट लागु नहुने जानकारीपछि उक्त सर्त हटाएर प्यान मात्रै गरिएको थियो,’ उनले भनिन्, ‘पछिल्लो पटक भने पुन: समय थपकै लागि व्यवसायीले माग गरेपछि समय थप भएको हो।’ अन्य विषयमा भने आफूलाई जानकारी नएको उनको तर्क थियो।


प्रकाशित : सोमबार, भदौ २१ २०७८०५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend