काठमाडौं- बिहीबार सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। बुधबारको तुलनामा सुन प्रतितोला ९ सय र चाँदी ३० रुपैयाँ घटेको हो।
बुधबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। बहीबार छापावाल सुन प्रतितोला ९ सय रुपैयाँ घटेर ९३ हजार १ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ घटेको छ। बिहीबारका लागि चाँदीको मूल्य ११ सय रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला ११ सय ३० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।