काठमाडौं- गृह मन्त्रालयले आफ्नो भवन बनाउन गरेको टेन्डरबाट योग्य मध्येका ५ निर्माण कम्पनी सर्टलिस्ट गरेको छ। गएको जेठ ३१ आह्वान गरेको टेन्डरमा आवेदन दिएका मध्येबाट ५ कम्पनी सर्टलिस्ट गरेको हो।
गृहले बिहीबार आर्थिक प्रस्ताव खोल्न सम्बन्धमा सूचना प्रकाशित गर्दै ५ योग्य कम्पनी छनोट गरेको हो। सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार भदौ २३ गते आर्थिक प्रस्ताव खोल्न गृहले जनाएको छ।
गृहको भवन निर्माण गर्न गौरीपार्वती निर्माण सेवा, केएस कन्स्ट्रक्सन, कविन्द्र/पीएम जेभी, माउन्टेन/सत्यसोर जेभी र समानान्तर निर्माण सेवा रहेका छन्। यी मध्ये कम बोलकबोल गर्ने र योग्य कम्पनीले गृहको भवन बनाउने जिम्मा पाउने छ।