काठमाडौं- विराटनगरमा रहेको एकीकृत भन्सार पोष्ट (आईसीपी)मा कन्टेनर र रेल याड तथा पहुँच मार्ग बन्ने भएको छ। उक्त निर्माण कार्यका लागि टेन्डर आह्वान गरिएको छ।
नेपाल इन्टरमोडल यातायात विकास समितिले विराटनगरमा रहेको आईसीपी निर्मााणका लागि बिहीबार टेन्डर आह्वान गरेको छ। इच्छुक निर्माण कम्पनीले असोज २५ गते १२ दिनको बजेसम्म आवेद दिन सक्ने छन्। टेन्डर सोही दिनको एक बजे खोलिने समितिले जारी गरेको सूचनामा उल्लेख छ।
उक्त निर्माण कार्यका लागि बिड रेक्युरिटी बापतको रकम नै १ करोड ७५ लाख रुपैयाँ रहेको छ। केही दिन अघि समितिले विराटनगर आईसीपीको पर्खाल, पहुँच मार्ग लगायको निर्माण लागि पनि टेन्डर गरेको थियो।